धरान: धरान उपमहानगरपालिका वडा नं २० स्थित चिण्डे डाँडामा सुम्निमा पारुहाङको विशाल प्रतिमा बनाउन शिलान्यास गरिएको छ।

सुम्निमा पारुहाङ प्रतिष्ठानको आयोजनामा मंगलबार चिण्डे डाँडामा शिलान्यास कार्यक्रम भव्य आयोजना भएको थियो । प्रतिष्ठानका अध्यक्ष एवं नगर प्रमुख हर्कराज राई (साम्पाङ)ले साल्पा पोखरीको पानी र सिलिचुङ डाँडाको ढुंगा, माटो ल्याएर मंगलबार प्रतिमा निर्माण कार्यको शिलान्यास गरेका थिए । साल्पाको पानी र सिलिचुङको माटो ल्याउन मंसिर २ गते नगर प्रमुख राईसहितको टोली गएको थियो । 

किरात समुदायले साल्पा पोखरी र सिलिचुङ डाँडालाई पवित्र तीर्थस्थलकोरुपमा पुज्ने गरेका छन् । साल्पा पोखरीलाई आत्मशुद्धि र शक्ति प्राप्त हुने स्थलकोरुपमा विश्वास गरिन्छ । त्यसैले किरात समुदायका धामी जीवनकालमा एकपटक पुग्नैपर्ने मान्यता पनि रहेको छ भने किरातीहरुको आदिम पुर्खा सुम्निमा र पारुहाङको भेट यही भएको विश्वास गरिन्छ । यस्तै, सिलिचुङ डाँडा उनीहरुको बासस्थान भएको किरातीहरु विश्वास गर्छन् ।

sumnima paruhang1

नगर प्रमुख राईले धार्मिकरुपमा मात्र नभै साँस्कृतिक केन्द्रकोरुपमा उक्त स्थानलाई विकास गर्ने बताए । त्यहाँ सुम्निमा पारुहाङको मात्र मुर्ति राखिने छैन, अन्य समुदाय तथा धार्मिक, साँस्कृतिक आस्थाको प्रतिकहरु पनि स्थापना गरेर साँस्कृतिक अध्ययन केन्द्र बनाइने नगर प्रमुख राईले बताए ।

उपप्रमुख अइन्द्रबिक्रम बेघाले शिलान्यास पछि साल्पा सिलिचुङ र धरानको चिण्डेडाँडा जोडिएको धारणा राख्दै गौरवपुर्ण कार्य भएको बताए । उनले राम्रो कामलाई सबैले साथ, सहयोग गर्नुपर्ने पनि बताएका थिए । ग्रामिण र दुर्गम वडा रहेको २० र ४ पनि अब विकासमा जोडिन शुरुवात भएको उनले बताए । यस्तै, वडा नं २० का अध्यक्ष पदम लिम्बुले पनि विकासमा पछि परेको वडा २० का जनता आशावादी भएको बताएका थिए । 

sumnima paruhang2

सुम्निमा पारुहाङ प्रतिष्ठानका उपाध्यक्ष एवं किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले हालसम्म १७ कट्ठा जग्गा खरिद भइसकेको जानकारी दिए । साथै, ५ कट्ठा जग्गा बैना गरेर ८५ प्रतिशत पैसा पनि दिइसकेको जानकारी दिए भने ७ कट्ठा जग्गाधनी विदेशमा भएकोले सम्पर्क गरेर खरिदको पहल भइरहेको पनि उनले बताए । 

शिलान्यास समारोहमा नै देश, विदेशबाट लाखौं रुपैया सहयोग हस्तान्तरण पनि भएको थियो भने सुम्निमा पारुहाङ निर्माणस्थलमा ३ कट्ठा जग्गा निःशुल्क प्रदान गर्ने दाता स्वर्गीय लेखमणी जिमीकी श्रीमति समुन्द्र राई र आमा केशरमणी जिमी राईलाई ताम्रपत्रसहित अभिनन्दन पनि गरिएको थियो । 

sumnima paruhang3

sumnima paruhang4

sumnima paruhang5

भिडियो:

भिडियो:

भिडियो: