धरान: आधुनिक धरान सहर स्थापना भएको १२५ औं बर्ष पुगेको अवसरमामा आइतबार एक दिने कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । 

पुष २० गतेलाई धरान स्थापना दिवस अर्थात धरान डे कोरुपमा उपमहानगरपालिकाले मनाउदै आएको छ । विगतका बर्षहरुमा ३ देखि ५ दिनसम्म धरान डे उत्सव मनाउदै आएको उपमहानगरपालिकाले यसपाली भने एक दिन मात्र मनाएको छ । नगर प्रमुख हर्कराज राई (साम्पाङ)का अनुसार निर्वाचन आचारसंहिताको कारण पुष २१ गतेदेखि कार्यक्रमहरु गर्न नपाउने भनेर प्रशासनबाट पत्र आएकोले एक दिन मात्र मनाइएको हो । 

125 dharan day

स्थापना दिवस मनाउने क्रममा धरान १२ स्थित पब्लिक स्कुलको मैदानबाट झाँकीसहित वृहत र्याली निस्केको थियो । र्यालीमा विभिन्न सामाजिक संघसंस्था, जातीय संघसंस्था, विद्यालय, शिक्षक, कर्मचारीको सहभागिता रहेको थियो । र्याली छाताचोक, सिंहदेवी, पुरानो बजार, भानुचोक, पुतलीलाइन, गौतमपथ हुदै पुनः पब्लिक स्कुलको मैदानमा पुगेको थियो । 

भिडियो:

नगर प्रमुख साम्पाङको अध्यक्षतामा आयोजित स्थापना दिवस समारोहमा प्रमुख अतिथि अग्रज समाजसेवी सरला कायस्थ रहेकी थिइन् । कायस्थ धरान सहर स्थापना गर्ने सुब्बा रत्नप्रसादका कान्छा छोरा गोपाल प्रसाद कायस्थकी श्रीमति हुन् । तत्कालिन राणा प्रधानमन्त्री चन्द्र शम्सेरले बस्ती बसाउन सुब्बा रत्नप्रसादलाई पठाएका थिए । सुब्बा रत्नप्रसादले वन फडानी गरि चन्द्रपुर बजार बस्ती बसालेका थिए । जुन हाल वडा नं ३ मा पर्छ । यो वि.स.१९५७ सालको कुरा हो । 

प्रमुख अतिथि कायस्थले धरान धार्मिक, साँस्कृतिक र व्यापारिक सहर भएको बताइन् । भूपू सैनिकहरुले धरानको विकास र प्रगतिमा धेरै योगदान दिएको उल्लेख गर्दै कायस्थले धरानको गौरव बढाएको बताइन् । समारोहमा होलिगार्डेन स्कुलका कक्षा ८ का विद्यार्थीहरुले तयार गरेको धरानको प्रर्वधन गर्ने ब्रोसर विमोचन पनि गरिएको थियो । 

धेरै करदाताहरुलाई सम्मान

kardata copy

धरान स्थापना दिवस समारोहमा धेरै कर तिर्ने करदाताहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुने करदाताहरुमा वहालकर तर्फ सबैभन्दा बढी कर तिर्ने करदाता बेनिन्द्र कटवाल रहेका छन् । उनी धरान ९ आचार्यलाइनस्थित विष्णु मेमोरियल स्कुलका सञ्चालक हुन् । यस्तै, धरान १६ का उमेश राई र लक्ष्मीकुमारी उपाध्यायलाई पनि सम्मान गरिएको थियो ।

भिडियो:

सम्पत्ति करतर्फ धेरै करतिर्ने करदाता धरान १ स्थित सुनसरी टेक्निकल कलेजलाई पनि सम्मान गरिएको थियो भने व्यवसाय करतर्फ धरान १० स्थित प्रभु बैंक लिमिटेड र धरान १२ स्थित एनएमबि बैंकलाई पनि सम्मान गरिएको थियो । 

पालिका गानका सर्जक, गायकगायिकाहरुलाई पनि सम्मान

कार्यक्रममा धरान उपमहानगरपालिकाको पालिका गान सार्वजनिक गरिएको थियो भने उक्त गीतका स्रष्टा, संगीतकार, गायक गायिकाहरुलाई पनि कदरपत्र प्रदान गरिएको थियो ।  पालिका गान इटहरी निवासी टीका आत्रेयले सृर्जना गरेका हुन् भने संगीत संयोजन विनायक राईले गरेका हुन् । साथै, कृष्णराजा श्रेष्ठ, मनोज मोते, अनिष राई, मेरिना राई, मनिका कट्टेल, हिमाली फेवदिन लिम्बुले गीतमा स्वर दिएका छन् । 

भिडियो:

कार्यक्रममा हाइकिङ बाबाको नामले परिचित राजिव हलवालई र प्रत्येक बिहिबार धरानको भानुचोक क्षेत्रमा सरसफाईको नेतृत्वकर्ता एम.के.वाङ्देललाई पनि कदरपत्रले सम्मान गरिएको थियो ।

125 dharan day18

125 dharan day12

125 dharan day1

125 dharan day4

125 dharan day5

125 dharan day14

125 dharan day21

125 dharan day8

125 dharan day11

125 dharan day6

125 dharan day7

125 dharan day22

125 dharan day25

125 dharan day23

125 dharan day26