धरान: १२३ औं धरान स्थापना दिवसको अवसरमा पुष २० गते शुक्रबार सार्वजनिक विदा दिइने भएको छ । 

पाँच दिनसम्म स्थापना दिवसको अवसरमा धरान उत्सव मनाउने तयारी गरिरहेको धरान उपमहानगरपालिकाले उद्घाटन समारोहका दिन पुष २० गते सार्वजनिक विदा दिएको हो । प्रमुख प्रशासकीय अधिकृत प्रज्ञादेवी निरौलाले सुचना जारी गर्दै पुष २० गते सार्वजनिक विदा दिने नगर प्रमुख स्तरीय निर्णय भएको जानकारी दिएकी छिन् । उक्त दिन उपमहानगरपालिका, वडा कार्यालयहरु, मातहतको स्वास्थ्य संस्था, सरकारी कार्यालय, गैरसरकारी कार्यालय, विद्यालय र क्याम्पसहरुमा विदा दिइएको पनि सुचनामा उल्लेख छ । 

dharan utsav1

पाँच दिने उत्सवमा के के छन् कार्यक्रम ?

धरान उपमहानगरपालिकाले १२३ औं स्थापना दिवस पाँच दिनसम्म विविध कार्यक्रमहरु आयोजना गरि मनाउने भएको छ । उपमहानगरपालिकाले बुधबार पत्रकार सम्मेलन गरेर पुष २० देखि २४ गतेसम्मस्थापना दिवस मनाउने जानकारी दिएको छ । 

मेयर हर्क साम्पाङले कार्यक्रमहरुबारे जानकारी दिदै भोली (बिहिबार) बिहान ७ बजेदेखि हिमालयन पेट्रोल पम्पदेखि तीनकुनेसम्म सरसफाई अभियान गरिने जानकारी दिए । यस्तै, पुष २० गते पब्लिक स्कुलमा उत्सवको उद्घाटन र र्याली हुनेछ भने सहकारी क्रियाकलाप र सम्मान कार्यक्रम पनि हुनेछ । पुष २१ गते बिहान साइक्लिङ हुनेछ भने बिहान ११ बजेबाट साहित्यिक सम्मान कार्यक्रम पनि हुनेछ । 

dharan utsav

पुष २२ गते बिहान ६ बजे वाकाथन हुनेछ भने विद्यालयको खेलकुद प्रतियोगिता र लोकदोहोरी पनि हुनेछ । पुष २३ गते श्रमदाता र्याली र विभिन्न साँस्कृतिक झाँकी प्रर्दशनी कार्यक्रम पनि हुनेछ । यस्तै, अन्तिम दिन पुष २४ गते लगानी गोष्ठी, रस्सीतान प्रतियोगिता, कदरपत्र तथा प्रशंसा कार्यक्रम र उत्सवको समापन कार्यक्रम हुने मेयर साम्पाङले जानकारी दिए । 

उत्सव अवधिभर मनोरञ्जनात्मक नृत्य तथा सांगीतिक, साँस्कृतिक कार्यक्रम पनि हुनेछ भने रोटेपिङसहितको बाल मनोरञ्जनका खेलहरु पनि सञ्चालन हुने उपमहानगरले जनाएको छ । उत्सवस्थलमा ७० भन्दा बढी स्टलहरु पनि हुनेछ । 

भिडियो: