धरान: धरान १५ स्विमिङ पुल नजिकै एक घरमा आगलागी भएको छ । नेपाल प्रहरीबाट आवकाश प्राप्त प्रहरी अधिकृत नरबहादुर श्रेष्ठको घरमा आगलागी भएको हो । आगलागीमा परेर एक वृद्धासहित २ जनाको ज्यान गएको पनि अनुमान गरिएको छ । उक्त घरमा श्रेष्ठी आमा र छोरी बस्दै आएकी थिइन् । ग्याँस लिक भएर आगलागी भएको अनुमान गरिएको ...
धरान: धरानमा लागुऔषध कुलतको कारणले आपराधिक घट्नाहरु धेरै हुने गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले बताएका छन् । बुधबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगरले आयोजना गरेको विदाई कार्यक्रममा डिएसपी न्यौपानेले यस्तो बताएका हुन् । विदाई कार्यक्रममा बोल्दै उनले भने ...
धरान: आफ्नै बाबुबाट बलात्कृत १४ बर्षीय वालिका घटना सार्वजनिक भएयता घरमै छन् । उनी घरमै हुँदा थप मानसिक तनावमा छिन् । धरान १७ की एक वालिकालाई बलात्कार गरेको आरोपमा उनकै बुबा पक्राउ परेका थिए । आमा घरमा नभएको बेला बलात्कृत भएपछि पीडित बालिकाले छरछिमेकका आफ्ना साथीलाई घटनाबारे सुनाएकी थिइन् । त्यसपछि ...
धरान: घरमा काम गर्न राखेको एक युवतीलाई गर्भवती बनाएको आरोपमा धरान २० बाट एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीमा महिला अधिकारकर्मीहरुसहितको जाहेरी परेपछि हिजो साँझ प्रहरीले घरबाट नै चक्रकुमार राईलाई पक्राउ गरेको हो । उनी धरान उपमहानगरपालिकाका पुर्व अधिकृत हुन् । लामो समय उपमहानगरमा जागिर खाएका उनले ...
धरान: धरान २ स्थित वाणिज्य बैंकले दैनिकरुपमा सेवा प्रवाह नगर्दा सेवाग्राही सर्वसाधारणहरुले सास्ती खेप्न बाध्य भएका छन् । बैंकको शाखा कार्यालय दिन बिराएर सातामा ३ दिन मात्र खुल्ने गरेको छ । खुलेको दिनमा पनि दिउँसो १ बजेसम्म मात्र सेवा प्रवाह गर्ने गरेको गुनासो सर्वसाधारणहरुको छ । दैनिक सेवा प्रवाह न ...
धरान: धरान उपमहानगरपालिकाको १८ नम्बर वडा कार्यालयले आफ्नो वडामा रहेका ज्येष्ठ नागरिक र ३ बर्षसम्मका बच्चाहरुको लागि नौलो कार्यक्रम ल्याएको छ । वडा १८ ले ६५ बर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई हर्लिक्स र सुगर फ्रि विस्कुट वितरण गर्ने कार्यक्रम ल्याएको छ भने ३ बर्षसम्मका बच्चाहरुको लागि १ लिटर दुध वितरण ...
धरान: बराक्षेत्र ३ का कमल राईलाई नातामा सालो पर्ने गणेश लिम्बुसहित २ जनाले कुटेर हत्या गरेको प्रहरीले जनाएको छ । २२ बर्षीय गणेश लिम्बु मृतक राईको जेठी श्रीमतिको ठुली आमा सासुका छोरा हुन् । नाताले उनी मृतक कमलको साला पर्छन् । उनीसहित अर्का १९ बर्षीय प्रदिप राजधामीले लाठीले कुटेर कमलको हत्या गरेको प् ...
धरान: आफ्नै १४ बर्षीय छोरीलाई बलात्कार गर्ने धरान १७ का एक व्यक्ति पक्राउ परेका छन् । धरान १७ बीचघोपा(सुनौलो मार्ग)का एक व्यक्ति छोरी बलात्कार आरोपमा पक्राउ परेका हुन् । हिजो बिहान आमा घरमा नभएको बेला बलात्कार गरेपछि छोरीले केही साथी र छिमेकीहरुलाई घटनाबारे सुनाएका थिए । छिमेकीमार्फत पीडित बालिका व ...
धरान: सुनसरीको बराहक्षेत्र ३ स्थित ससुरालीमा बस्दै आएका एक व्यक्तिको हत्या भएको छ । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ । बराहक्षेत्र ३, बांगेबाट झापाको दमक बसाई सरेका ३७ बर्षीय कमल राईको हिजो राती हत्या भएको हो । उनको शव आज बिहान स्थानीयले देखेर प्रहरीमा खबर गरेका थिए ...
धरान: भारतको विहार राज्यस्थित सीतामढी जिल्लाको लग्मा गाउँमा हत्या भएकी २९ बर्षीय रेखा दासको श्रीमानसहित ३ जना विरुद्ध विहार प्रहरीमा उजुरी(एफ.आई.आर.) दर्ता भएको छ । धरान ९, वगैचा चोक माइती घर भएकी रेखाको बुबा र भाई लग्मा पुगेर प्रहरीमा श्रीमानसहित ४ जना विरुद्ध उजुरी गरेका हुन् । प्रहरीमा उजुरी परे ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित