धरान: कोरोना भाइरस(कोभिड १९) को संक्रमण फैलन नदिन धरानमा पनि अत्यावश्यकबाहेक सबै बजार, होटल, मनोरञ्जन, खेलस्थलहरु बन्द भएका छन् । आज बिहानदेखि एकबाट अर्को जिल्ला चल्ने सवारीसाधनहरु पनि बन्द भएका छन् । धरानको सिनेमा घर, सुनचाँदी पसल, घण्टाघरलगायत सबै बन्द भएका छन् । इलाका प्रहरी कार्यालय धरानका डिएस ...
धरान: फेसबुकमा साथी बनेका एक चिनिया आइतबार दिउँसो अचानक मोरङको भाउन्नेमा आइपुगे । उनी त्यहाँ पुगेपछि स्थानीयबासी त्रसित बने । चिनिया युवा आइपुगेको खबर प्रहरी प्रशासनमा पनि पुग्यो । त्यसपछि जनप्रतिनिधिसमेत मिलेर आइतबार साँझ नै ति चिनिया युवालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोले ...
धरान: कोरोना भाइरस(कोभिड १९)को संक्रमण फैलन नदिन धरानको वडा नं १४, विजयपुरस्थित प्रमुख धार्मिकस्थलहरु भोली मंगलबारदेखि बन्द हुने भएको छ । सर्वसाधारण भक्तजनहरुको स्वास्थ्यप्रति सजग रहदै विजयपुरको प्रमुख मन्दिरका पुजारी र व्यवस्थापन समितिका पदाधिकारीसहितको बैठकले आज यस्तो निर्णय गरेको हो । यो नि ...
धरान: कोरोना भाइरस(कोभिड १९)को संक्रमण फैलन नदिन आजदेखि लामो दुरीका सवारीसाधनहरु बन्द भएका छन् । एउटा जिल्लाबाट अर्को जिल्लामा चल्ने सवारीसाधनहरुमा सरकारले रोक लगाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनको क्रममा चैन १० गतेदेखि केही अवधिको लागि यस्तो घोषणा गरेका थिए । लामो दुरीको यातायातको स ...
धरान: धरान जेसीजले कोरोना भाइरस(कोभिड १९) को संक्रमण हुन नदिन धरानमा धेरै मानिसहरुको जमघट हुने स्थानहरुमा हात धुनको लागी पानीटंकीसहित साबुनको व्यवस्था गरेको छ । बाटो हिड्ने मानिसहरुलाई हात धुनको लागि सहज होस् भन्ने उद्देश्यले जेसिजले आजदेखि यस्तो व्यवस्था गरेको हो । जेसिजले हात धुन सहजताको लागि ग्र ...
धरान: कोरोना भाइरस(कोभिड १९) संक्रमण फैलन नदिन सरकार र मातहतका निकायहरु सक्दो लागिपरेका छन् । तर, आशंका गरिएका व्यक्तिहरुले आवश्यक सल्लाह नमान्दा संक्रमणको जोखिम बढेको चिकित्सकहरुले बताएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित हेल्थ डेस्कमा शनिबार भारतको केरलाबाट फर्केका ६ जना युवाहर ...
काठमाण्डौं: सरकारले राजपत्रमा प्रकाशित अत्यावश्यकबाहेकका सेवाहरु चैत ९ देखि २१ सम्म बन्द गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा गरेको सम्बोधनको एउटा बुँदामा अत्यावश्यक सेवाबाहेकका सबै सेवाहरु चैत ९ गतेदेखि २१ गतेसम्म बन्द गरिएको उल्लेख छ ।'देशैभर संघ, प्रदेश र स्थानी ...
धरान: दशैं तिहारको बेला धरानको भानुचोकस्थित बसपार्कमा पहाडी क्षेत्रको गाडीहरुमा थामिनक्सन्नु यात्रुहरुको चाप हुन्छ । चाडपर्व मनाउन बिशेष गरी काठमाण्डौंबाट गाउँघर फर्कनेको ताती हुन्छ । अरुबेला भने यो बसपार्क क्षेत्र सामान्यरुपमा नै चल्छ ।अहिले न दशैं हो, न तिहार । तर, आज शुक्रबार बिहान भने भानुचोकको ...
धरान: कोरोना संक्रमण(कोडिभ १९) को संक्रमणबाट जोगिन मास्क लगाउनुपर्ने हुन्छ । तर, अहिले बजारमा मास्क पाइदैन । कतिपय व्यापारीहरुले कालोबजारी पनि गरिरहेका छन् । यस्तो अवस्थामा धरानको ह्वाइट हाउस कलेजले भने निःशुल्क मास्क तथा डिटोल साबुन वितरण अभियान शुरु गरेको छ । कोरोना बिरुद्ध हाम्रो अभियान भन्ने ना ...
एजेन्सी: भारतको दिल्लीमा सन् २०१२ मा भएको बहुचर्चित सामूहिक बलात्कार तथा हत्या कसुरमा दोषी ठहर गरिएका चार व्यक्तिलाई मृत्युदण्ड दिइएको छ। उनीहरूलाई आज शुक्रवार बिहान सवेरै दिल्लीको तिहाड कारागार परिसरभित्र झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो । भारतीय समयअनुसार बिहान ५ः३० बजे झुन्ड्याएर मृत्युदण्ड दिइ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित