सुनसरीः आफ्नै महिला अनुयायी बलात्कार अभियोग लागेका सिद्धबाब कृष्णदास गिरीले अदालतसमक्ष आत्मसमर्पण गरेका छन् ।
आत्मसमर्पण गरेपछि उनलाई पुपुर्क्षको लागि थुनामा पठाईएको छ । अदालतमा उपस्थित उनलाई झुम्का कारागार पठाईएको हो । उच्च अदालत बिराटनगरले जिल्ला अदालतको आदेस उल्टाउदै पुपुर्क्षको लागि थुनामा पठाउने आदेश दिने सुइको पछि उनी भारत फरार थिए ।
जिल्ला अदालत सुनसरीले उनलाई ३ लाख धरौटीमा छोड्न आदेश दिएको थियो । यो आदेश विरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेको थियोे । फोटो स्रोत: अमर काफ्ले







