विराटनगरः विश्वमा महामारिको रुपमा रहेको कोरोना संक्रमणबारे प्रदेश एक सरकारले विशेष टाक्स फोर्स गठन गरेको छ ।

प्रमुख सचिव दिनेश भट्टराईको संयोजकत्वमा बनेको उक्त विशेष समितिले हिजो बिहिबारदेखि काम शुरु गरेको सरकार प्रवक्ता हिक्मत कुमार कार्कीले जानकारी दिएका छन् । संसदको पाँचौ अधिवेशनमा सरकारको तयारी बारे जानकारी दिँदै आन्तरिक मामिला एवंम कानुन मन्त्रीसमेत रहेका कार्कीले भने ‘सुरक्षा निकाय र स्वास्थ्य केन्द्रलाई विशेष रुपमा परिचालन गर्ने गरि टाक्स फोर्सले काम थालेको छ । भोली शनिबारसम्म पूर्व तयारी सकेर हामी पत्रकार सम्मेलन गरि जानकारी गराउने छौँ ।

उनले ठुलो परिमाणमा संक्रमितको संख्या फैलिए उपचारमा सहज हुने विशिष्ट स्थानको पहिचान गरिसकेको जानकारी दिए । उनकाअनुसार विशेष समस्या आइपरिहाले एक हजार व्यक्तिलाई तत्काल उपचार गर्ने क्वारेन्टाइन स्थल बनाउने बारे आन्तरिक तयारी थाल्ने गरि मोरङ र उदयपुरका दुुइ स्थानमा नेपाली सेनालाई जिम्मा दिइसकिएको छ । सरकारले सर्वपक्षिय छलफल राखि महामारिबाट आइपर्न सक्ने दैनीक उपभोग्य सामाग्रीबारे समेत अभाव हुन नदिन नियमित बजार अनुुगमनलाई तीव्रता दिने जानकारी दिएको छ । त्यस्तै स्थानीय सरकारसँग समन्वय गरि कृतिम अभाव रोक्ने तयारी गरिरहेको छ ।

विहिवार सर्वाधिक चर्चमा रहेका टेकु अस्पतालबाट भागेको भनिएका धरानका व्यक्तिबारे पनि प्रदेश एक सरकारले जानकारी दिएको छ । धरान १० घर भएका उनको अहिले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत रहेको र उनमा कोरोना भाइरसको संक्रमण नरहनेको जानकारी दिइएको छ । भुुजेल ३१ महिना अघि कोरिया गएर फर्केका थिए । काठमाडौँ आउँदा उनमा अत्याधिक ज्वरो आएका कारण कोरोनाको संक्रमण रहेको आशंमा उनलाई टेकुअस्पतालमा उपचारका लागि पुुर्याइएको थियो । तर, उनि गत बुुधवार अस्पतालमा एकाएक हराएका थिए ।