धरान: धरान ४ भेडेटारबाट साहसिक खेल पर्यटन अन्र्तगतको जिपलाइनको व्यवसायिक शुरुवात भएको छ । भेडेटार देवीथान जिपलाइनको शनिबार एक समारोहबीच प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन् । 

कोरोना भाइरस(कोभिड १९)को कारण नेपाल भ्रमण बर्ष २०२० स्थगित भएपछि निराश बनेका पर्यटन व्यवसायीहरु यो जिपलाइन सञ्चालनमा आएपछि उत्साहित बनेका छन् । धरानतर्फको भेडेटार क्षेत्रबाट शुरु हुने जिपलाइन धरान ४ कै देवीथान ल्याण्डिङ हुन्छ । यो जिपलाइनको दुरी ६ सय ५० मिटरको छ । साहसिक पर्यटकले करिब ४५ सेकेण्ड अनुभव लिन पाउनेछन् ।

ZIPL

शनिबार उद्घाटनको अवसरमा धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदीले पनि सुपरम्यान जिपलाइन गरेकी थिइन् । उनले शुरुमा केही डर लागे पनि पछि रमाइलो भएको बताइन् ।पुर्वको साहसिक पर्यटनमा यसले ठुलो योगदान पुर्याउने उनले बताइन् । यो जिपलाइन वल्र्ड वाइड ग्रुप नेपाल प्रालिले सञ्चालनमा ल्याएको हो । यसको लागत ३ करोड भएको सञ्चालकहरुले बताएका छन् । यो जिपलाइनमा क्लासिक, सुपरम्यान र कपल जिपलाइन गरि ३ प्रकार रहेको छ । क्लासिकको १२ सय, सुपरम्यान(सुतेर)को १५ सय र कपलको १८ सयदेखि २ हजार रुपैयासम्म पर्नेछ । क्लासिक एक्लै झुण्डिएर हुन्छ भने सुपरम्यान सुतेर हुन्छ । कपल जिपलाइनमा दुई जना आफ्नो साथीसँग अंगालो मारेर खेलिन्छ ।

 कम्पनीले जिपलाइन गर्ने साहसिक पर्यटकहरुलाई कानुन वमोजिमको ५ लाख रुपैयाको विमा पनि गरेको छ । यद्यपी, जिपलाइनमा प्रयोग गरिएका सामग्रीहरु अन्र्तराष्ट्रियस्तरमा ख्यातीप्राप्त र सफल कम्पनीको भएकोले सुरक्षाको चिन्ता नरहेको सञ्चालकहरुको दाबी छ । जिपलाइन्को तारको भार क्षमता ११ हजार किलोग्राको छ भने सेफ्टी बेल्ट(हार्नेस)को भार क्षमता २२ देखि २७ सय किलोग्रामको छ । यस्तै, क्याराविनरको भार क्षमता पनि २७ सय किलोसम्मको हुनेछ । विश्वस्तरीय कम्पनीको सामग्रीहरु भएकोले सुरक्षाको कुनै चिन्ता नभएको कम्पनीले जनाएको छ ।

धरान ४ भेडेटारबाट शुरु भएको देवीथान भेडेटार जिपलाइन उद्घाटन समारोहका तस्बिरहरु । फोटोहरु : विकास चाम्लिङ  राई

zipline5

_FUR3751-(1)

 ZIP _FUR3800 _FUR3779 zipel _FUR3816 zipline3 zipline _FUR3798 _FUR3819 ZIPLINE7 zipline6