धरान: साहसिक खेल जिपलाइनको धरानमा व्यवसायिक शुरुवात हुने भएको छ । धरान ४ भेडेटारबाट देवीथानसम्म हुने जिपलाइनको उद्घाटन शनिबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गर्नेछन् ।

यो जिपलाइन वल्र्ड वाइड ग्रुप नेपाल प्रालि धरान ४ ले सञ्चालनमा ल्याएको हो । यो कम्पनीका सञ्चालकहरुले यसअघि काभ्रेको धुलिखेलमा जिलाइन सञ्चालन गरिरहेको छ । धरानमा केदार बहादुर थापा, विवश भण्डारी, यम राई र डोलिका लिम्बुलगायतको लगानीमा सञ्चालनमा आउने तयारी भएको हो । भेडेटारबाट जिपलाइनको परीक्षण सफल भइसकेको सञ्चालक केदार बहादुर थापाले बताए ।

 सञ्चालकहरुका अनुसार ३ करोड लगानी भएको हो । जिपलाइन भेडेटारदेखि देवीथानसम्मको ६ सय ५० मिटर लम्बाई छ । यसमा ३० देखि ४० सेकेण्ड समय साहसिक पर्यटकले मजा लिन सक्नेछन् । कम्तीमा १० बर्षदेखि माथिकाले जिपलाइन गर्न सक्ने सञ्चालकहरुले बताए । अभिभावकसँग बर्षकाले पनि गर्न सक्ने थापाको भनाईछ । उनका अनुसार धुलिखेलमा ७५ बर्षसम्मकाले जिपलाइनको मजा लिएका छन् ।

jipline2

धरानको जिपलाइनमा क्लासिक, सुपरम्यान र कपल जिपलाइन गरि ३ प्रकारको हुनेछ । क्लासिकको १२ सय, सुपरम्यान(सुतेर)को १५ सय र कपलको १८ सयदेखि २ हजार रुपैयासम्म पर्नेछ । जिपलाइनमा प्रयोग गरिएका सामग्रीहरु अन्र्तराष्ट्रियस्तरमा प्रयोग भइरहेको र सफल भएको कम्पनीको हुने भएकोले सुरक्षामा कुनै समस्या नहुने थापाले बताए । उनका अनुसार तारको क्षमता ११ हजार किलो भारको छ भने सेफ्टी बेल्ट(हार्नेस) २२ देखि २७ सय किलो भार र क्याराविनरको भार क्षमता पनि २७ सय किलोसम्मको हुनेछ । साहसिक पर्यटकहरुको ५ लाखका विमा पनि हुनेछ ।