धरानः धरानको पुतलीलाइन ब्यस्त सडकमा पर्छ । यो सडक साँघुरो छ, त्यसमाथि दक्षिणतर्फ मोटरसाइकल पार्किङले सडक झनै साँधुरो बनेको छ ।
यही सडकखण्डमा भानुचोकबाट झण्डै सय मिटरको दुरीमा छ, थकाली भान्सा घर । यो भान्साघरको ठिक तल नो पार्किङको बोर्ड पनि ठडिएको छ । तर, आज केहीबेर अघि त्यहाँ पैदल यात्रुलाई हिड्ने बाटो पनि छेकिने गरी एउटा चार पांग्रे गाडी पार्किङ भइरहेको थियो । यो कुरा देखेपछि दुई जना ट्राफिक प्रहरी त्यहाँ पुगे । गाडी कस्को हो ? भनेर सोधे । जवाफ कतैबाट आएन ।

trafic-no-parking

एक जना ट्राफिकले को २ च ५३९ नम्बरको गाडीको अगाडिपट्टीको चक्कामा ह्विल लक गरिदिए । ट्राफिङ नियम उल्लंघन गर्दै नो पार्किङ क्षेत्रमा राखिएको गाडीलाई कारबाही गर्दा अन्यले ट्राफिक प्रहरीको प्रसंसा पनि गरे । जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका अनुसार नियम उल्लंघन गर्ने सवारीले जरिवाना तिरेपछि मात्र ह्विल लक खोलिन्छ । ‘कार्यालयमा आएर एक हजार जरिवाना तिरेको रसिद लगेर गएपछि डिउटीमा भएको प्रहरीले खोलिदिन्छ,’जिल्ला ट्राफिक प्रहरी प्रमुख अञ्जन कोइरालाले भने । 

trafic-wheel-lock