धरान: कोरोना भाइरस(कोभिड १९)को संक्रमणबाट जोगिन इलाका प्रहरी कार्यालय धरानले प्रवेश द्धारमा साबुन पानीको व्यवस्था गरेको छ ।

सबैले साबुन पानीले राम्रोसँग हात धोएपछि मात्र प्रहरी कार्यालय प्रवेश गर्न पाउछन् । कोरोना संक्रमण फैलिनसक्ने जोखिम भएकोले सेवाग्राहीहरुलाई हात धोएपछि मात्र कार्यालय प्रवेश गर्न दिइने डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । उनका अनुसार कार्यालयबाहिर निस्केका प्रहरीलाई पनि साबुन पानीले हात धोएपछि मात्र प्रवेश गर्न दिइनेछ ।

विश्वभर कोरोना संक्रमण फैलिदै गएपछि नेपालमा पनि संक्रमण हुन नदिन नेपाल सरकारले बुधबार २५ जना भन्दा बढी जमघट हुन बन्देज लगाएको छ भने सकभर घरबाहिर अत्यावश्यक कामबाहेक नहिड्न पनि आग्रह गरेको छ । प्रहरीले कोरोनाबारे सचेत गराउन गेटमा कोरोनाबारे ब्यानर पनि राखेको छ । उक्त ब्यानर विजयपुर हस्पिटलले राखेको हो । ‘संक्रमण फैलिनसक्ने भएकोले साबुन पानीले हात धुने व्यवस्था गरेका हौं, सेवाग्राही भित्र पस्दा र प्रहरी पनि बाहिर निस्केर प्रवेश गर्दा हात धुनैपर्छ,’डिएसपी न्यौपानेले भने ।

ilaka-police1