धरान: प्रत्येक वडामा ह्याण्ड सेनिटाइजर उत्पादन गर्ने लक्ष्य लिएको कार्यक्रम हिजो बिहिबारदेखि धरानमा शुरु भएको छ ।

धरान उपमहानगरपालिकाले आयोजना गरेको यो कार्यक्रम बिहानको समयमा गीता भवनअन्र्तगतको रामकेशरी भवनमा भएको थियो । यो भवन गीता भवन प्रवेश गर्ने मुलगेटकै माथिल्लो तलामा रहेको छ । उक्त कार्यक्रमको उद्घाटन धरानका मेयर तिलक राई, मञ्जु भण्डारीसहितको उपस्थितिमा भयो । यो कार्यक्रम वडा १, २, ३, ७ र १२ को संयुक्त थियो । प्रत्येक वडाबाट १० जनाको दरले सहभागीता थियो ।

भाग्यवश, हिजो यो कार्यक्रम दिउँसो उक्त हलमा दिउँसो भएन । दिउँसो भएको भए ठुलो क्षति व्यहोर्नुपर्ने थियो । दिउँसो करिब अढाई बजेतिर हलको छत खस्यो । छत खसेर केही कुर्सीहरु पनि भाँचियो । ‘धन्न, नगरपालिकाको कार्यक्रम बिहान भएर समयमै सकियो, दिउँसो त्यहाँ भएको भए ठुलो क्षति पुग्थ्यो,’स्थानीय व्यवसायी नविन कार्कीले भने,‘बम पड्केको जस्तो आवाज आयो । कता के भएछ भनेर खोजी गर्दा छत पो खसेको रहेछ ।’ हलको छत ढलाई गरेको रडसहित नै खसेको थियो ।

तस्बिर स्रोत: नविन कार्की

gita-bhawan gita-bhawan2