धरान: आजदेखि कडारुपमा लकडाउन लागु गर्ने र अटेर गर्नेलाई पक्राउ गर्ने प्रहरीको चेतावनी पछि पनि खुलेआम सडकमा निस्कने क्रम रोखिएको छैन ।

आज बिहान ११ बजेसम्म प्रहरीले धरानको विभिन्न स्थानहरुबाट ५ महिलासहित ४२ जना पक्राउ गरिसकेका छ भने सवारीसाधनहरु पनि ठुलो संख्यामा नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय धरानको कभर्ड हलमा राखिएको छ । डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार अहिलेसम्म २१ मोटरसाइकल, १२ स्कुटर, ६ वटा टेम्पो र एउटा ट्रक प्रहरी नियन्त्रणमा छ । सवारीसाधानहरु विभिन्न चोकहरुमा नै रहेको पनि उनले जानकारी दिए ।