धरान: कोरोना भाइरस(कोभिड १९) को संक्रमणबाट बच्न एकअर्काबीचमा दुरी कायम गर्नुपर्ने हुन्छ । भिडभाडमा पनि जान हुदैन । त्यही भएर जोखिम रोकथामको लागि सरकारले लकडाउन गरिरहेको छ ।

धरानमा भने अगुवा भनिएका जनप्रतिनिधिहरुबाट नै जोखिम निम्त्याउने काम भइरहेको छ । धरानमा अतिविपन्न परिवारलाई राहत वितरण गरिदा अव्यवस्थित भइरहेको छ । जसले गर्दा जोखिम निम्तिरहेको छ । आज आइतबार धरानको वडा नं ११ मा भएको राहत वितरणलाई नै हेरौं, न । ज्ञानोदय माविमा भएको राहत विरतण अव्यवस्थित मात्र होइन, जोखिमको हिसाबले पनि उचित थिएन । स्कुलभित्र राहत वितरण भइरहेको थियो । गेटबाहिर भने राहत लिनेहरुको भिड थियो । त्यहाँ एकअर्काबीचमा दुरी कायम गरिएको थिएन ।

वडा अध्यक्ष बाबुलाल लामाका अनुसार आइतबार ७ सय घरपरिवारलाई राहत वितरण गरिएको छ । लगत संकलन हुँदा ४ सय ३३ विपन्न परिवार भएपनि छुटेकाहरुलाई पनि थप गरेर राहत दिइएको हो । उपमहानगरपालिकाबाट ३ सय ५० परिवारलाई मात्र राहत आएको र बाँकी वडा कार्यालय, दाताहरुको सहयोगबाट राहत वितरण गरिएको अध्यक्ष लामाले बताए । वडा सचिव हिमाल गौतमले सावधानी नअपनाइएको प्रश्नमा बाहिर केही भिड भएपनि भित्र प्रवेश गर्दा सेनिटाइजरले हात धोएर र दुरी कायम गरेर मात्र वितरण गरिएको बताए । ‘गेटमा केही भिड जस्तो देखिएको हो । प्रहरी खटाएका छौं । भित्र छिर्दा मास्क लगाएर र सेनिटाइजरले हात धुन लगाएका छौं,’ सचिव गौतमले भने ।

IMG_9966.psd IMG_9965.psd IMG_9959.psd IMG_9961.psd IMG_9957.psd IMG_9963.psd IMG_9964.psd