काठमाण्डौं: कोरोना भाइरस (कोभिड–१९) को कारण अमेरिकामा एकै दिन २ हजार भन्दा बढीले ज्यान गुमाएका छन् ।

अमेरिकामा एकै दिन २ हजार १ सय ६ जनाले ज्यान गुमाएको समाचारहरुमा उल्लेख छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको संक्रणबाट ज्यान गुमाउनेको संख्या ७६ हजार ९ सय ५ पुगेको छ । यसैगरि, एकै दिन २९ हजार २२ जनामा नयाँ संक्रमण देखिएको छ । योसँगै अमेरिकामा कुल संक्रमितको संख्या १२ लाख ९२ हजार १ सय १४ जना पुगेको छ ।

यसैगरि, संक्रमितहरुमध्ये २ लाख १६ हजार ८ सय ३० जना उपचारपछि निको भएको पनि बताइएको छ भने ९ लाख ९८ हजार ३ सय ७९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ४८ हजार ९५८ को अवस्था गम्भीर छ । चीनको वुहानबाटा शुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २ सय १० देशमा फैलिएको छ ।