धरान: प्रदेश १ राजधानी विराटनगर र धनकुटामा पनि कोरोना संक्रमित भेटिएका छन् ।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीका अुनसार विराटनगरमा २ जना र धनकुटामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । प्रेस सल्लाहकार सुवेदीका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । धनकुटामा ३४ बर्षीय महिलामा कोरोना पुष्टि भएको छ भने विराटनगरमा ३६ बर्षीय पुरुष र २९ बर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
                     
		


 
		 
		 
		 
		



