धरान: सरकारले सामाजिक सुरक्षा भत्तालाई आगामी आर्थिक बर्षमा पनि निरन्तरता दिने भएको छ ।

केही दिन यताको अन्योलतालाई चिर्दै सरकारले बजेट मार्फत आगामी आर्थिक बर्षमा पनि सामाजिक सुरक्षा भत्तलाई निरन्तरता दिने जानकारी दिएको हो । संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले सामाजिक सुरक्षा भत्ताको लागि ६७ अर्ब ५० करोड बजेट विनियोजन गरेको जानकारी दिए ।