विराटनगरः प्रदेश  १ को एक्लो महानगर विराटनगर महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष भन्दा १ अर्व घटिको बजेट ल्याएको छ ।
चालु आर्थिक वर्षका लागि ४ अर्व १३ करोड ५० लाख ९२ हजार ७ सय ५० रुपैयाको बजेट ल्याएको महानगरले आउँदो आर्थिक वर्ष २०७७÷०८८ का लागि ३ अर्व ३७ करोड ८१ लाख १० हजार रुपैयाको बजेट ल्याएको छ ।
उपमेयर इन्दिरा कार्कीले नगरको आन्तरिक आय ९८ करोड रहने दाबी गरेक छिन् । त्यस्तै प्रदेश र संघीय सरकारको राजस्व बाँडफाँड तर्फ ७६ करोड आम्दानी हुने बजेटमा उल्लेख छ । समानिकरण तर्फको बजेट ३९ करोड रहने बताइएको छ । संघीइमार्फत ससर्त अनुदानमा १ अर्व २ करोड ९ लाख र विशेषमार्फत १३ करोड हुने बताइएको छ । त्यस्तै प्रदेशबाट ससर्त अनुदारमा २ करोड र समपुरक अनुदानमा ३ करोड रहेको छ । त्यस्तै बैदेशिक र अन्य अनुदानतर्फ ३ करोड ३६ लाख र जनसहयोगमार्फत ९ करोड ६२ लाख अपेक्षा गरिएका छ ।   
बजेटले कोभिड– १९ को सँक्रमणसँग जुध्ने गरि गरिब निमुखा वर्ग लक्षित कार्यक्रमलाई सम्बोधन गरेको छ । यो सँगै स्वास्थ्य र शिक्षा बजेटका मुल प्राथमिकता रहेका छन् ।

महानगरको प्रशासनिक खर्च २४ करोड १९ लाख ५० हजार रहेको छ । त्यस्तै सामािजक ुरक्षा तर्फ ३४ करोड रहेको छ । ल्याण्डफिल्ड साइटको जग्गा खरिद सहित वातावरण तथा फोहोर व्यवस्थापन तर्फ  क्षेत्रमा ११ करोड ४९ लाख रहेको छ । त्यस्तै कोभिड १९ को नियन्त्रणका लागि २ करोड ४० लाख सहित नगर स्वास्थ्य कार्यक्रमका लागि १९ करोड ५७ लाख विनियोजन गरिएको छ ।
शैक्षिक विकास कार्यक्रम तर्फ ५६ करोड १३ ला रहेको छ । महिला वालवालिका तथा युवा विकास तर्फ २ करोड ८ लाख र अन्य कार्यक्रम तर्फ ५ करोड ५२ लाख रहेका छन् । र भौतिक पूर्वाधार तथा अन्य पूर्वाधार तर्फ १ अर्व ७१ करोड रकम विनियोजन गरिएको छ ।