धरान: सप्तकोशीमा पानीको वहाव उच्च भएपछि कोशी ब्यारेजको ३५ वटा ढोका खोलिएको छ ।
आज दिउँसो साढे ३ बजेको मापन अनुसार सप्तकोशीमा पानीको वहाव २ लाख ४० हजार ४ सय ६५ प्रतिसेकेण्ड क्युसेक रहेको छ । कोशीमा पानीको वहावको यो मापन यो बर्षकै उच्च हो । पहाडी जिल्लामा निरन्तर भारी बर्षा हुन थालेपछि हिजो साँझदेखि वहाव बढ्दै गएको थियो ।
कोशी ब्यारेजका अनुसार सप्तकोशीको सहायक नदी तमोर नदी मुलघाटमा, धनकुटामा जलसतहले सार्तकता पार गरेको कारण नदी तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह गरिएको छ । कोशी ब्यारेजस्थित नेपाल प्रहरीका असई कुलबहादुर खत्रीका अनुसार पानीको वहाव उच्च हुदै गएपछि साढे ३ बजेसम्म ३५ ढोका खोलिएको छ । कोशी ब्यारेजमा ५६ ढोका रहेको छ ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
                     
		


 
		 
		 
		 
		



