धरान: प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्र भेडेटारमा स्काईवाक निर्माण हुने पक्का भएके छ ।

भेडेटारमा स्काईवाक परियोजनामा आज सरोकारवाला तीन पक्षबीच मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा पहिलो पक्ष धनकुटाको साँगुरीगढी गाउँपालिका, दोस्रो पक्ष धरान उपमहानगरपालिका र तेस्रो पक्ष प्रदेश लगानी प्राधिकरणबीच भेडेटार स्काईवाक परियोजना निर्माण तथा सञ्चालनबारे समmभदारीपत्रमा हस्ताक्षर भएको हो ।

भेडेटारको चाल्र्स भ्यूटावरमा निर्माण हुने स्काईवाक दक्षिण एसियाकै पहिलो साहसिक पर्यटकीय परियोजना हुनेछ । पर्यटकीय क्षेत्र भेडेटारको पुर्वाधार विकासको लागि वोन्डर्स एम्युजमेन्ट पाक्र्स एण्ड अट्राक्सन प्रालि बुढीगंगा मोरंगले स्काईवाक निर्माण गर्ने भएको छ । यसको लागि साँगुरीगढी गाउँपालिकाले चाल्र्स भ्यूटावरले उत्तर(धनकुटा)तर्फ चर्चेको जमिन र धरान उपमहानगरपालिकाले दक्षिण (सुनसरी)तर्फ चर्चेको आवश्यक सार्वजनिक जग्गा उक्त प्रालिलाई लिजमा उपलब्ध गराउने समझदारीपत्रमा उल्लेख छ ।

sky

यस्तै, परियोजनालाई आवश्यक नक्सा, वातावरणीय प्रभाव मुल्यांकनसहित अन्य आवश्यक बिषयमा प्रदेश लगानी प्राधिकरणको अगुवाई हुने हरेक कार्यमा सहयोग र सहकार्य गर्ने पनि उल्लेख छ । लिजको समय अवधि, निर्माण तथा सञ्चालनको ढाँचा, परियोजना सञ्चालन पछि लिज, रोयल्टी तथा अन्य शुल्क वापत प्राप्त गर्ने रकमको बाँडफाँड बिषयमा तेस्रो पक्षको रोहबरमा पक्षहरुबीच आपसी सहमतिमा २२ दिनभित्र टुंग्याउने समझदारीपत्रमा उल्लेख छ । समझदारीपत्रमा प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा.सरोज कोइराला, धरानका मेयर तिलक राई, साँगुरीगढीका अध्यक्ष कुमारजंग याक्खा, धरानका प्रमुख प्रशासकीय अधिकृत विदुर खनाल, साँगुरीगढीका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद भण्डारीले हस्ताक्षर गरेका छन् ।

1 1 2 1