धरान: कोरोना महामारी र लकडाउनको कारण बन्द भएको साप्ताहिक कार्यक्रम स्वास्थ्यको लागि पदयात्रा आजदेखि शुरुवात भएको छ ।

सेवक अभियानले प्रत्येक शनिबार बिहान पदयात्रा गर्दै आएको थियो । गत चैत ८ गते १३२ औं हप्ता पदयात्रा गरेपछि बन्द भएको थियो । आज शनिबार ८ महिनापछि पुनः पदयात्रा कार्यक्रम शुरुवात भएको छ । प्रमुख अभियन्ता राजिव हलवाईले सरकारले खेलकुदका गतिविधिहरु विस्तारै खुला गरेकोले पदयात्रालाई पनि सुचारु गरिएको बताए । 'पदयात्रा त स्वास्थ्यसँग जोडिएको हुन्छ । हामी डाँडाकाडा, प्रकृतिमा घुम्ने भएकोले अक्सिजन र स्वच्छ हावा पाउछौं,'हलवाईले भने,'आज १३३ औं हप्ता पदयात्रा गएका छौं ।'

hiking

पदयात्रामा थर्मल गन, अक्सिमिटर, प्रेसर जाँच गर्ने स्टेथेस्कोप उपकरणसहित गएको हलवाईले बताए । पदयात्रा शुरु गर्नुअघि स्वास्थ्य जाँच गरिएको र बीचमा पनि गरिएको उनले बताए । 'फ्रष्टएड बक्स पनि बोकेका छौं, हामी ३५ जना जति छौं,'उनले भने । आजको पदयात्रा बेस क्याम्पसबाट शिवजट्टा, कालीमाटी, सिंजाली, हर्दिया हुदै दानाबारीको होमस्टे पुगेको थियो । त्यहाँ सुमन तामाङको होम स्टेमा खाना खाएर सिदिगाउँ, कोप्चे, पत्रांगबारी र देवीगाउँ हुदै पदयात्रीहरु फर्किएको हलवाईले जानकारी दिए ।

कोरोना संक्रमण देखिए पछि सरकारले गत चैत ११ गतेदेखि देशव्यापी लकडाउन घोषणा गरेको थियो । त्यसपछि मानिसहरु घरभित्रै समिति भएको थियो भने सम्पुर्ण गतिविधि ठप्प भएको थियो । त्यसैको मारमा सेवक अभियानले प्रत्येक शनिबार गर्ने पदयात्रा पनि परेको थियो । चैत ८ मा १३२ औं हप्ता पदयात्रा भएपछि रोकिएको थियो । तस्बिर स्रोत: राजिव हलवाई

hiking2 hiking3 hiking4 hiking5 hiking6

hiking7 hiking8