धरान: बराह बचत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

आइतबार धरान उपमहानगरपालिकाका मेयर तिलक राईको प्रमुख आतिथ्यमा बराह सहकारीको बार्षिक साधारण सभा सम्पन्न भएको हो । बराह सहकारीले आर्थिक बर्ष ०७६÷०७७ खुद मुनाफा २ करोड ४८ लाख ७९ हजार ५ सय २ रुपैया कमाएको जनाएको छ । २०६६ भदौ २१ गतेस्थापना भएको बराह सहकारीको शेयर रकम २०७७ असार मसान्तसम्म ९ करोड ३९ लाख ८६ हजार पुगेको छ । स्थापना हुदा १४ महिला र १८ पुरुष गरि ३२ जना शेयर सदस्य रहेको यो सहकारीमा हाल ३ हजार १ सय १२ महिला र १ हजार ६ सय ४३ पुरुष गरि कुल ४ हथार ७ सय ५५ सदस्यहरु छन् ।

सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्माका अनुसार ८३ करोड १७ लाख १ हजार २ सय ६७ रुपैया निक्षेप संकलन भएको छ भने ८३ करोड २० लाख ५९ हजार ९ सय ३५ रुपैया ऋण लगानी भएको छ । जगेडा कोषमा २ करोड ७ लाख १९ हजार १ सय ५४ रुपैया रहेका पनि बराहले जानकारी दिएको छ । साथै, बराह सहकारीले यस आर्थिक बर्ष २०७६/०७७ को १५ प्रतिशतले लाभांश बाड्ने पनि जनाएको छ ।

संस्थाले शारीरिकरुपमा भिन्न क्षमता भएका व्यक्तिलाई तीन पाङ्ग्रे स्कुटी वितरण, शेयर सदस्य र कर्मचारीहरुको लागि सम्मान र पुरस्कार वितरण, कर्मचारीहरुको लागि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्धता जस्ता कार्यक्रम गरेको पनि जनाएको छ । कोरोना संक्रमणको कारण लकडाउनमा पनि सेयर सदस्यहरुलाई घरमा नै पुगेर निक्षेप भुक्तान गरेर वित्तीय सेवा संचालन गरेको पनि अध्यक्ष विश्वकर्माले जानकारी दिए ।

baraha1

बराह सहकारीले आगामी दिनमा एटिएम, मोवाइल बैंकिङ, एस.एम.एस.सेवा, ई बैंकिङ लगायतको सुविधाहरु पनि अघि बढाउने योजना बनाएको छ । सहकारीको कार्यक्षेत्र भित्र सेवा नपुगेको क्षेत्रमा सेवा केन्द्र विस्तार गर्ने र मोवाइल काउण्टरको व्यवस्था गर्ने पनि जनाएको छ । शेयर सदस्यहरुबाट संचालित साना उद्योग, परम्परागत पेशा व्यवसायमा लगानी प्रवद्र्धन गर्ने पनि सहकारीले नीति लिने जनाएको छ । 'शेयर सदस्यहरुबाट संचालित अर्गानिक खेती एवम् कृषि उपज उत्पादनलाई प्राथमिकतामा राखी लगानी प्रवद्र्धन गरिने छ,'सहकारी अध्यक्ष विश्वकर्माले भने ।

संस्थाले आप्mनै जग्गा खरिद एवम् भवन निर्माण गरी आप्mनै भवनबाट वित्तीय कारोबार संचालन गर्न प्रचलित सहकारी ऐन नियम बमोजिम प्रकृया अगाडि बढाउने पनि जनाएको छ । सहकारी ऐन २०७४, नियमावली २०७५, संघ, प्रदेश, स्थानीय तहका ऐन नियम कानुन अनुरुप यस संस्थाको विनियम, नियमावलीहरुलाई संसोधन गरी लागू गर्ने जानकारी दिएको छ ।

साधारण सभामा बराहले प्रोत्साहन पुरस्कारबाट फूलकुमारी लिम्बु, दिलबहादुर बिक, विजय खनाल, लक्ष्मी कट्टेल र रेवती श्रेष्ठलाई पुरस्कृत गरेको छ । यसैगरि, उत्कृष्ट फिल्डकर्मचारीतर्फ संकलनकर्ताहरु बालकुमार राई, रमा डुम्जन र कमला श्रेष्ठलाई पुरस्कृत गरेको छ । साधारण सभामा प्रमुख अतिथि एवं मेयर राई, बिशेष अतिथि एवं जिल्ला सहकारी संघका बरिष्ठ उपाध्यक्ष नरेश कुमार ईवारम, अतिथि एवं नगर सहकारी समन्वय समितिका संयोजक मिसन लामाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । धन्यवाद मन्तव्यसहित साधारणसभाको समापन संचालक सदस्य अम्बर बहादुर विश्वकर्मा (सौराज)ले गरेका थिए ।