धरान: प्रदेश १ बास्केटवल खेलाडी प्रदीप गुरुङ्गको उपचारको लागि धरान १३ स्थित सन्जिवनी केन्द्रले आर्थिक सहयोग गरेको छ ।

केन्द्रले मंगलवार वीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेको खेलाडी गुरुङ्गलाई भेटेर नगद १० हजार सहयोग गरेका हुन् । सहयोग रकम केन्द्रका अध्यक्ष सम्पुर्ण ताम्रकारले हस्तान्तरण गरेका थिए । गुरुङ्ग लकडाउनको समयमा सेल्फ प्राक्टिसको क्रममा घाइते भएका थिए । उनको उपचारको लागि धरान बास्केटवल संघ र सुनसरी बास्केटवल संघले अभियान समेत चलाएको थियो ।

केन्द्रले यही पुष २३ र २४ गते प्रथम संजिवनी फुटसल प्रतियोगिताको आयोजना गर्दैछ । सोही कार्यक्रमबाट संकलन गरेको रकमबाट गुरुङ्गलाई सहयोग गरिएको केन्द्रका अध्यक्ष ताम्रकारले जानकारी दिए । प्रतियोगिता कार्यक्रमाबाट उठेको रकमबाट ५ वटा सामाजिक कार्य गर्ने योजना केन्द्रको रहेको छ । सोही योजना अनुसार खेलाडी गुरुङलाई सहयोग गरिएको उनले बताए । आयोजक केन्द्रले धरान १० स्थित धरान फुटसल अगाडिको सडकमा जेव्राक्रस बनाइसकेको छ । प्रतियोगितामा काठमाण्डौका एक टिमसहित प्रदेश १ भरीका ३२ टिमले सहभागिता जनाउने भएको छ । केन्द्रले प्रतियोगिता प्रचारको लागि सोमवार नेपाल फोटो पत्रकार मसहासंघ सुनसरी र आयोजक टिम विच मैत्रीपुर्ण फुटसल समेत खेलिएको थियो ।