लागुऔषधमा फसेका युवा तथा दुव्यर्सनीहरुलाई पुर्नस्थापना एवं सुधारका लागि खोलिएको संस्था हो सन्जिवनी केन्द्र । धरान १३ सुविधा मार्गमा रहेको केन्द्र वाह्रौ वर्ष पुरा गरेर १३औ वर्षमा प्रवेश गरिसकेको छ । केन्द्रले हालसम्म ३ हजार जना भन्दा बढी युवा तथा दुव्र्यसनीहरुको उपचार गरी पुर्नस्थापना गरिसकेको छ । यही केन्द्रले युवाहरुमा स्वास्थ्यको लागि खेलकुद सन्देश दिनलाई भोली पुष २३ र २४ गते दुई दिने प्रथम सन्जिवनी खुल्ला फुटसलको आयोजना गर्दैछ । यसै सन्र्दभमा सन्जिवनी केन्द्रका संस्थापक अध्यक्ष एवं युवा नेता सम्पुर्ण ताम्रकारसंग क्लिक धरानका फोटो सम्पादक विकास चाम्लिङ राईले गरेको कुराकानी ।

प्रश्न: सन्जिवनी केन्द्र कस्तो संस्था हो ? किन स्थापना गर्नु भएको हो ?

-सन्जिवनी केन्द्र लागुऔषधमा फसेका दुव्र्यसनीहरुलाई सुधारका लागि खोलिएको संस्था हो । केन्द्रले दुव्र्यसनीहरुलाई सुधार गरेर पुर्नस्थापना गराउने काम गर्छ । म आफै पनि पुर्व लागुऔषध सेवनकर्ता भएको हुनाले दुव्र्यसनी हुदाको भोगाई मैले बुझेको छँु । त्यही कारण पनि धरानमा दुव्र्यसनी सुधारका लागि यस खालको संस्था वा केन्द्रको आवश्यकता महसुस गरेर साथीहरुसंग मिलेर केन्द्रको स्थापना गरिएको हो ।

प्रश्न.अहिलेसम्म कति जनालाई सेवा दिनु भएको छ ? उनीहरु के गर्दैछन ?

- केन्द्रले अहिलेसम्म तिन हजार बढीलाई सेवा दिइसकेको छ । हामीबाट सेवा लिइसकेकाहरु केही विदेशमा रोजगारी गरिरहेका छन् । केही नेपालमा नै काम गरिरहेका छन् भने केही आप्mनै व्यावसाय गरेर बसेका छन् । सेवा लिइसकेका थोरै युवाहरु पुनः लागुऔषध सेवनमा फसेका पनि छन् ।

प्रश्न: केन्द्रमा आउनेहरुलाई कसरी उपचार र पुनस्थापना गर्नु हुन्छ ?

- हामी मनोवैज्ञानिक ढंगले उनीहरुको उपचार गर्छौ । कुनै दण्ड वा सजाय दिएर गरिदैन, गर्दैनौ पनि । हामी पनि स्वयं दुव्यसनी भइसकेको हुनाले हाम्रो भोगाइ तथा समस्या एक अर्कालाई थाहा हुन्छ । हामी हाम्रो भोगाइहरु एकअर्कामा सेयर गर्छौ, सघाउछौ र समस्या समाधान गरेर मनोवैज्ञानिक हिसाबले उपचार गर्छौ ।

प्रश्न: अहिले वजारमा धेरै पुनस्थापना केन्द्र वा सुधार केन्द्र खुलेका छन् । केही अत्यन्त्य महंगा पनि भन्ने गरेका छन् । उपचार भन्दा धेरै व्यवसायिक भयो भन्ने पनि सुनिन्छ । यो विषयमा के भन्नु हुन्छ ?

-त्यसो नहोला, आप्mनो आप्mनो तरिकाले खोलेका हुन्छन् । कसैले बढि लगानी पनि गरेका हुन्छन्, त्यही अनुसार कसैले सुविधा बढि दिएको हुनसक्छ । म त के भन्छु भने सुधार केन्द्र अझै खोलिनु पर्छ । सुधार केन्द्रमा नयाँ नयाँ कुराहरु आउनु पर्छ, सुध्रिन आउनेहरुले धेरै अप्सन पाउनु पर्छ ।

प्रश्नः युवाहरु दुव्यसनमा फस्नुमा को बढि जिम्मेवार हुन्छ ?

- मैल यो विषयमा धेरै सुनेको छु । कसैले साथीभाइ, कसैले समाज, कसैले परिवारलाई दोष दिन्छन् । हिजो म आफै पनि समाज, परिवार, साथीभाई, पुरा धरानलाई समेतलाई पनि दोष दिएँ । तर हेर्दै, वुझ्दै जादा सुध्रनु विग्रनुमा म स्वयं आफै जिम्मेवार पाएँ । कसैले कसैलाई सुधार्न सक्दैन । सुध्रिने बिग्रिने आफै हो । म आफै अहिले सुधार केन्द्र खोलेको छुँ । त्यो सुध्रन सहयोगको लागि मात्र हो । आफै सुध्रनु पर्छ ।

प्रश्न: तपाइहरु दुई दिने फुटसल प्रतियोगिता गर्दै हुनुहुन्छ, किन ?

- समाजमा सन्देश दिनलाई हो । हामी सबै पुर्व दुव्र्यसनीहरुको टिमले केन्द्र स्थापना गरेर संचालन गरेका छौ । दुव्र्यसनी हुँदा हिजो समाजमा हामीलाई यो दुव्र्यसनी, फटाहा, काम नलाग्ने, सकियो अब, जस्ता मानसिकता थियो । हिजो हाम्रो जे रेपोटेसन थियो यो प्रतियोगिता आयोजनाबाट समाजमा हामी पनि प्रडक्टिभ मेम्वर हौ, हामी पनि समाजमा केही गर्न सक्छौ, परिवारमा स्थापित हुन सक्छौ । हामी पनि यही समाजका जिम्मेवार व्यक्ति हौ । हिजो मिस्टेक भयो, भुल भयो, यसलाई सुधार गरेर यहाँसम्म आयौ भन्ने सन्देश दिन पनि हो । साथै अहिले जो दुव्र्यसनी भएर स्ट्रिटमा हिडिरहेको छ, उनीहरुलाई पनि सन्देश दिन चाहन्छौ । हामीले सकीरहेको छौ, तपाइहरुले किन नसक्ने? सक्नु हुन्छ तपाईहरुले पनि, लागुऔषध खाए भन्दैमा, केही समय लागुऔषधमा हुक भए भन्दैमा जिन्दगी सक्यो भन्ने होइन, रिकभर हुन आरामले सकिन्छ भन्ने सन्देश हो ।

 

sampurna-sanjiwani

प्रश्न: यो प्रतियोगिताले निरन्तर पाउछ कि ! यति नै हो ?

- खेलकुद गतिविधि त हामीले निरन्तर गरिरहेका छौ । यो प्रतियोगिता पनि निरन्तर हुन्छ ।

प्रश्न: फुटसल र सन्जिवनीको उद्देश्यमा के सम्वन्ध छ ?

- स्वस्थ्यसँग सिधा सम्वन्ध छ । स्वस्थ्य हुनु पर्छ भन्ने हो । यससंगै अघि माथि पनि भनिसके सन्देश दिन पनि हो । प्रतियोगितामा पुर्व दुव्र्यसनीहरुको पनि टिम छ । यहि हो, हामी पनि सक्छौ भन्ने हो ।

प्रश्न: प्रतियोगितामा कहाँबाट कति टिम सहभागी हुदैछन् ?

- ३२ टिमले सहभागिता जनाएको छ । धेरै धरानबाट नै छ । विराट चौक, विराटनगर, वाङ्गे, नडाहा लगायतबाट टिम सहभागिता जनाएको छ ।

प्रश्न: भर्खरै मात्र लामो समय लकडाउन पछि खुलेको छ । यो समयमा प्रतियोगिता संचालनको लागि आर्थिक व्यवस्थापन कसरी गर्नुभएको छ ?
- सहयोग नै हो । आप्mनै चिनजानको साथीभाइहरु र विभिन्न संघ संस्थाहरुबाट नै सहयोग प्राप्त भएको छ । त्यहि वाट नै आर्थिक व्यवस्थापन गरेका छौ ।

प्रश्न: अन्त्यमा केही भन्न चाहानु हुन्छ कि ?

- तपाइलाई धन्यवाद । बिहिबारदेखि प्रतियोगिता संचालन हुन गइरहेको छ सम्पुर्णमा चुलो निम्तो, धन्यवाद ।