धरान: लागुपदार्थ दुव्र्यसनीहरुको उपचार तथा पुर्नस्थापनामा सक्रिय रहेको संजीवनी उपचार तथा पुनस्थापना केन्द्रले धरानमा फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

केन्द्रले आज धरान १० स्थित ज्वाई खाना घरमा पत्रकार सम्मेलन गर्दै पुष २३ र २४ गते संजीवनी फुटसल प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो । केन्द्रका अध्यक्ष सम्पुर्ण ताम्राकारका अनुसार प्रतियोगिता धरान १०, धर्मपथस्थित धरान फुटसलमा हुनेछ । विजेताले ५१ हजार पुरस्कार पाउनेछ भने उपविजेताले ३१ हजार पाउनेछ । व्यक्तिगततर्फ बेष्ट प्लेयर, बेष्ट गोलकिपर र म्यान अफ दि म्याचको पनि पुरस्कार दिइने ताम्राकारले जानकारी दिए ।

प्रतियोगिताका संयोजक अनिल सुनामका अनुसार धरान, विराटनगर, झापा, काठमाण्डौंबाट पनि टिम सहभागी हुनेछ । ‘३२ वटासम्म टिम सहभागी हुने अपेक्षा गरेका छौं,’उनले भने । प्रतियोगिताले नव खेलाडीहरुलाई प्रतिभा प्रर्दशन गर्ने अवसर हुने र लागुपदार्थमुक्त समाज स्थापनमा भुमिका खेल्ने आयोजकको भनाई छ ।

प्रतियोगिताबाट संकलन भएको रकमले केन्द्रमा ५ जना आर्थिक अवस्था कमजोर भएका विरामीहरुलाई निःशुल्क उपचार प्रदान गरिने पनि अध्यक्ष ताम्राकारले जानकारी दिए । प्रतियोगितापछि फुटसल अघि जेब्रा क्रसिंग पनि बनाइदिने उनले बताए । प्रतियोगितामा २ लाख ५० हजार आम्दानी हुने र खर्च भने बढी हुने आयोजकको भनाई छ । प्रतियोगिताको प्रचारको लागि भोली सोमबार फोटो पत्रकार महासंघ सुनसरी र आयोजक टिमबीच मैत्रीपुर्ण खेल पनि आयोजना हुनेछ ।