दुहबी: सुनसरीको दुहबीमा नगरस्तरीय प्रथम उपप्रमुख महिला भलिबल प्रतियोगिता शुरु भएको छ ।

दुहबीस्थित सरस्वती माबिको खेल मैदानमा आयोदिजत प्रतियोगिताको शनिबार दुहबीका नगर प्रमुख बेदनारायण गच्छदारले उद्घाटन गरेका थिए । प्रमुख गच्छदारले खेलकुद पनि बिकासको सुचक भएको हुँदा सम्पुर्ण खेल र खेलाडीको क्षमता अबिवृद्धि गर्दै लैजाने धारणा राखे । उनले खेल र खेलाडीको संरक्षण तथा प्रबर्द्धनमा आफ्नो अहम भुमिका रहने प्रतिबद्धता पनि जनाए ।

vally

उपप्रमुख सुनिता दाहाल साहले नगर स्तरीय उपप्रमुख महिला भलिबल प्रतियोगिता सुनसरीमै पहिलो र एतिहासिक भएकोमा खुसी प्रकट गरिन् । उनले यो खालको प्रतियोगिताहरुले महिलाप्रति सम्मान दर्साउने बताए । पहिलो खेल दुहबी र इनरुवाबीच भएको थियो । उक्त खेलमा दुहबीले जित हासिल गरेको छ। धरान र बराहक्षेत्रबीच भएको दोस्रो खेलमा बराहक्षेत्रले जित हासिल गरेको थियो। आइतबार पहिलो खेल रामधुनी र हरिनगराबीच हुनेछ भने दोस्रो खेल इटहरी र बर्जु बिच हुने आयोजकले जनाएको छ । प्रथम उप(प्रमुख महिला भलिबल प्रतियोगितामा सुनसरीका १० वटा पालिका सहभागी रहेको छ ।

vallybal vallyball1