धरान: माघ १५ र १६ गते बुटवलमा हुने तेस्रो महिला पुरुष मेयर टेवल टेनिस प्रतियोगितामा धरानबाट सहभागी हुने खेलाडीहरुलाई विदाई गरिएको छ ।

प्रतियोगितामा धरानबाट प्रतिनिधित्व गर्ने खेलाडी तथा प्रशिक्षकहरुलाई मंगलवार धरान टेवलटेनिस क्लवले विदाई गरेको हो । प्रतियोगितामा १८ वर्ष उमेर समुहका खेलाडीहरुले मात्र सहभागी जनाउन पाउनेछन् । प्रतियोगितामा धरानबाट प्रशिक्षक र खेलाडी गरि १३ जनाको टिम सहभागी हुदैछ । उनीहरुलाई क्लवले एक कार्यक्रम गरि विदाई गरेको हो ।

प्रतियोगितामा धरानबाट महिलातर्फ सहभागी खेलाडीहरुमा दीक्षा दाहाल, सोनम ठाकुर, अन्जली ठाकुर र सुलेखा ठाकुर रहेका छन् । पुरुषतर्फ अनमोल विक, नवराज राई, सौरभ राई, विशाल मल्लि, सिदार्थ तमाङ्ग, रोमन राई र सुप्रिया नेपाली छन् । प्रशिक्षकको रुपमा धरान उपमहानगरपालिकाका प्रशिक्षक गीता थापा र व्यवस्थापकमा गणेश तामाङ्ग रहेका छन् । उनीहरुलाई क्लवका अध्यक्ष सुर्यवहादुर मगर, वरिष्ठ प्रशिक्षक विनोद शक्य, सुनसरी टेवलटेनिस संघ अध्यक्ष नविन श्रेष्ठ र क्लवका अध्यक्ष दुर्गा लामाले खदा र अबिर लगाएर विदाई गरेका थिए ।

20210126_135059.psd

रुपन्देही टेवलटेनिस संघको आयोजनामा हुन लागेको प्रतियोगिताको विजेताले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले नगद १५ हजार र तेस्रो हुनेले नगद ५ हजार, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछ । धरानको टिममा सिदार्थ तामाङ्ग १४ वर्ष मुनिको नेपाल च्याम्पियन रहिसकेका छन् भने दीक्षा दाहाल नेपालको टप टेन भित्रका खेलाडी रहेको प्रशिक्षक गिता थापाले जानकारी दिइन् । विदाइ कार्यक्रम धरान टेवलटेनिसको आयोजनामा धरान ९ स्थित कभर्डहलमा भएको थियो । तस्विरः बिकास चाम्लिङ राई