धरानः धरान उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा दोस्रो अन्तर कर्मचारी मैत्रिपुर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

धरान १३ स्थित रहेको जनपथ विद्यालयको ब्याडमिन्टन कोर्टमा हिजो शुक्रबारबाट सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो । प्रतियोगितामा पुरुषतर्फ रमेश राई प्रथम, राजेन्द्र राई द्धितिय, राम माबो तृतिय र चन्द्र प्रकाश खनाल चौथो भए । यस्तै, महिलातर्फ स्वेता राई प्रथम, लक्ष्मी तामाङ द्धितिय,सम्झना विक तृतिय र मिना कुलुङ चौथो भइन् ।

badmint

पुरुष र महिलातर्फका प्रथम, द्धितिय, तृतिय र चौथो भएका खेलाडीले पुरस्कार वापत क्रमशः नगद ५ हजार, ३ हजार, १ हजार ५ सय रुपैयाँसहित प्रमाणपत्र र ट्रफी हात पारे । प्रतियोगिताका उत्कृष्ट खेलाडी रमेश राई र लक्ष्मी तामाङ घोषित भए । दुवैले नगद एक एक हजार पाए । खेलाडीहरुलाई खेलकुद विकास समितिका अध्यक्ष सुवास राई, धरानका प्रमुख तिलक राई, उपमहानगरका सल्लाहकार सदस्य अनिल श्रेष्ठ, शिक्षा महाशाखाका अधिकृत रामचन्द्र कार्की, धरान १४ का वडाध्यक्ष कृष्ण भट्टराई र जेनिथ स्कुलका प्रिन्सिपल सुमन जबेगुले पुरस्कार वितरण गरेका थिए ।

प्रमुख राईले विजेता खेलाडीहरुलाई बधाई तथा शुभकामना दिदै शरीरलाई चुस्त दुरुस्त राख्न दैनिक शारीरिक व्यायाम गर्न सुझाव दिए । दैनिक रुपमा व्ययाम गर्दा स्मरण शक्तिमा हुने ह्रासलाई रोक्न मद्दत गर्ने उनको भनाई थियो । प्रतियागितामा २८ पुरुष र २२ जना महिला कर्मचारीहरु सहभागी भएका थिए ।