धरान: धरानलाई मिनि ब्राजिल त्यसै भनिएको होइन । फुटबल खेलप्रति लगाव यहाँका यहाँका युवाहरुमा मात्रै होइन, स साना बालबालिकाहरुमा पनि उस्तै छ । आज शनिबारदेखि धरान १६ स्थित रंगशालामा शुरु भएको ग्रास रुट प्रशिक्षणलाई नै हेरौ न ।

नगर खेलकुद विकास समिति, धरान उपमहानगरपालिकाको आयोजनामा १२ बर्ष मुनिका बालबालिकाहरुलाई फुटबल खेलको आधारभुत ज्ञान दिलाउने उद्देश्यले प्रशिक्षण शुरु भएको छ । उक्त प्रशिक्षणमा १ सय १५ जनाको सहभागिता रहेको छ । प्रमुख अतिथि एवं धरनका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, एन्फा प्रदेश १ सचिव नविन राई, पुर्व राष्ट्रिय खेलाडी इन्दु रसाइली लगायतले संयुक्त रुपमा प्रशिक्षकहरुलाई वल हस्तान्तरण गरेर ग्रास रुट ट्रेनिङ्ग क्याम्पको शुरुवात गरिएको थियो ।

20210227_083221.psd

मेयर राईले फुटवल खेलको ग्रास रुट कार्यक्रमले फुटवल खेल बुझ्न र सिक्नको लागि प्रारम्भिक चरणको ज्ञान दिने बताए । खेलाडी बन्नको लागि यो क्याम्प महत्वपुर्ण आधारशिला बन्ने छ, उनले भने । उपमेयर भण्डारीले पनि क्याम्पले फुटवल खेलको विकाससंगै धरानलाई खेलाडी उत्पादनको लागि महत्वपुर्ण भुमिका हुने बताइन् । प्रशिक्षार्थीहरुलाई प्रदेश १ का पुर्व मुख्य प्रशिक्षक श्याम मानन्धर र धरान उपमहानगरका फुटवल प्रशिक्षक अर्जुन राईले प्रशिक्षण दिनेछन् । उनीहरुलाई धरानका १५ जना पुर्व खेलाडीहरुले सहयोग गर्नेछ ।

उद्घाटन कार्यक्रम नगर खेलकुद विकास समितिका सदस्य धनवहादुर राईको अध्यक्षतमा भएको थियो । कार्यक्रममा धरान सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठ, धरान फुटवल फ्यान क्लवका अध्यक्ष अशोक राई, पुर्व फुटवल खेलाडी चन्द्र प्रधान, नगर खेलकुद विकास समिति सदस्य सुयोग पाख्रिन लगायतको उपस्थिति रहेको थियो । हरेक शनिवार धरान १६ स्थित रंगशालामा हुने ग्रासरुट कार्यक्रमको संयोजन गोधुली क्लब धरानका उपाध्यक्ष सतिस केसीले गरेका छन् । तस्विरः विकास चाम्लिङ राई

20210227_082230.psd 20210227_083148.psd 20210227_083425.psd 20210227_083146.psd
20210227_082307.psd 20210227_084229 (1).psd20210227_084331.psd