इटहरी: सुनसरीको अन्तरपालिका स्तरीय भलिवल प्रतियोगिता इटहरी उपमहानगरपालिकाले जितेको छ ।

इटहरी उपमहानगर र दुहवी नगरपालिका विच भएको फाइनल खेलमा ३-१ सेट अन्तरले इटहरीले उपाधि जितेको हो । रामधुनी युवा क्लवले आयोजना गरेको प्रतियोगितामा ९ टिमको सहभागिता रहेको थियो । विजेता इटहरी उपमहानगरको टिमले नगद २५ हजारसहित ट्रफि र मेडल प्राप्त गरेको छ । उपविजेता दुहवी नगरपालिकाको टिमले १५ हजार नगद सहित ट्रफि र मेडल प्राप्त गरेको छ ।

game-2