धरान: तेस्रो सियोन फुटसल प्रतियोगिता बिहिबारदेखि धरानमा शुरु भएको छ । 

सियोन चर्च र सियोन स्कुलले आयोजना गरेको प्रतियोगिता धरान १० स्थित धरान फुटसलमा शुरु भएको हो । प्रतियोगितामा २० वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन धरानका मेयर तिलक राईले गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै मेयर राईले धरान खेलकुदको शहरकोरुपमा रहेको बताए । फुटसलले गर्दा धरानको खेलकुदमा थप उर्जा मिलेको बताए । 

‘फुटसलको गतिविधिले गर्दा धरानलाई फेरि पनि यो धरान खेलकुदको नगरी हो, खेलकुदको राजधानी हो र धरानमा बहुसंख्यक खेलाडीहरु छन् भन्ने प्रमाणित गरेको छ,’उनले भने । फुटसल प्रतियोगिताले धरानलाई खेलकुदको शहरको रुपमा स्थापित गर्न सहयोग पुग्ने मेयर राईले बताए । 

प्रतियोगिताको फाइनल शनिबार हुनेछ । प्रतियोगितामा प्रथम हुनेले नगद २० हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र पाउनेछ भने दोस्रो हुनेले नगद १२ हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाण पत्र पाउनेछ । म्यान अफ दी म्याच, उत्कृष्ट खेलाडीलाई पनि आकर्षक पुरस्कार दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन समारोहमा नृत्य समेत प्रस्तुत गरिएको थियो । fut