धरान: २१ औं गोधुली टुबोर्ग फुटबल रनिङ कपमा धरानको वडा नं. १५ र वडा नं १८ क्वार्टरफाइनल प्रवेश गरेको छ । 

धरान १६ स्थित रंगशालमा बिहिबार भएको पहिलो खेलमा वडा नं. १५ ले वडा नं. ५ लाई ४–० को गोलअन्तरले हराउदै क्वार्टरफाइनल प्रवेश गरेको हो । वडा नं १५ को जितमा मदन लिम्बू र बसन्त क्षेत्रीले समान २/२ गोल गरेका जिए । उक्त खेलको म्यान अफ दि म्याच वडा नं. १५ का मदन लिम्बू घोषित भए ।

यसैगरि, दोस्रो खेलमा वडा नं. १८ ले वडा नं. २० लाई ३–० गोल अन्तरले हराउदै क्वार्टर फाइनलमा प्रवेश गरेको हो । वडा नं. १८ को लागि सुशिल यादव, निकेश राई र रोशन उरावले गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच १८ नं. वडाका पूजन लिम्बू घोषित भए । उनलाई माउण्ट एभरेष्ट ट्रेनिङ सेन्टरका सञ्चालक कुमार तामाङले नगद १५ सय पुरस्कार प्रदान गरे । शुक्रबार पहिलो खेलमा वडा नं. १ र १७ बीच भिडन्त हुनेछ भने दोस्रो खेलमा वडा नं. १४ र ११ बीच भिडन्त हुनेछ । गोधुल क्लबको आयोजनामा जारी प्रतियोगिता चैत्र ७ गतेसम्म हुनेछ । 

godhuli1 4