धरान: २१ औं सँस्करणको गोधुली टुबोर्ग गोल्डकप प्रतियोगितामा धरानको वडा नं १७ र वडा नं १४ क्वाटरफाइनल प्रबेश गरेको छ ।

धरान १६ स्थित रंगशालामा शुक्रबार भएको खेलमा वडा नं १७ ले धरान १ लाई २–० गोल अन्तरले हराउदै क्वाटरफाइनल प्रबेश गरेको छ भने धरान १४ ले धरान ११ लाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउदै क्वाटरफाइनलमा प्रबेश गरेको छ । पहिलो खेलमा धरान १७ का तपन कार्की र मनोज राईले गोल गदै टिमलाई क्वाटरफाइनलको यात्रा तय गरे । वडा नम्बर १ ले गोल गर्ने मौका सदुपयोग गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिनु पर्यो । 

godhuli1 5

यस्तै, शुक्रबार नै भएको दोस्रो खेलमा धरान १४ र ११ ले निर्धारित समयमा गोलरहित बराबारीमा सकिएपछि खेलको छिनोफानो टाइब्रकरबाट भएको थियो । टाइब्रेकरमा धरान १४ को तर्फबाट विवेक राई, सन्दिप राई सनिर तामाङ र मिन श्रेष्ठले गोल गरेका थिए भने वर्षात तामाङले गोल गर्न चुके । यता, धरान ११ को तर्फबाट वर्तमान राई, रिवश मास्के र सचिन श्रेष्ठले गोल गरेपनि धिरेन लिम्बु र सुदिप गुरुङले गोल गर्न चुक्दा प्रतियोगिताको पहिलो चरणबाट टिमले विदा लिनु परयो । 

खेलको म्यान अफ दि म्याच धरान १७ का सुशान्त विक र धरान १४ का गोल किप्पर राजिब खड्का घोषित हुँदै नगद १५ सय रुपैयाँ पाए । शुक्रबारको दुई खेल सकिएसँगै प्रतियोगिताको क्वार्टरफाइनल समिकरण पनि पुरा भएको छ । शनिबारको पहिलो क्वाटरफाइनल खेल धरान १५ र १६ विच हुने आयोजकले जनाएको छ । godhuli2 1