धरान: लकडाउनको कारण रोकिएको प्रदेश १ स्तरिय वराह गु्रप महिला पुरुष बास्केटवल प्रतियोगिता चैत्र २ गतेदेखि आयोजना हुने भएको छ ।

आयोजक धरान बास्केटवल संघले शनिबार पत्रकार सम्मेलन गर्दै चैत २ गतेदेखि ५ गतेसम्म आयोजना हुने जानकारी दिएको हो । प्रतियोगिता धरान १२ स्थित हिमालयन मेघा कलेजको बास्केटवल कोर्टमा आयोजना हुनेछ । प्रतियोगिताको सहआयोजकमा धरान उपमहानगरपालिका र सुनसरी बास्केटवल संघ रहेको छ । यो प्रतियोगिता गत बर्ष चैत्र ७ देखि १२ गतेसम्म आयोजना गर्ने तयारी भएको थियो । त्यसबेला विश्वलाई नै आतंकित बनाएको कोरोना भाइरसको महामारीको कारण प्रतियोगीता रोकिएको जिल्ला बास्केटवल संघ, सुनसरीका अध्यक्ष नारायण सुवेदीले जानकारी दिए । 

प्रतियोगितामा पुरुषतर्फ १३ र महिलातर्फ ६ टिमले सहभागिता जनाउने भएको छ । विजेता टिमले पुरुषतर्फ नगद १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । महिलातर्फ विजेताले नगद १० हजार र उपविजेताले नगद ५ हजार, ट्रफि, प्रमाण पत्र र मेडल प्राप्त गर्नेछ । यस्तै, प्रतियोगीताका उत्कृष्ट खेलाडीले नगद २ हजार, हाइ स्कोररले नगद १ हजार रुपैया र राइजिङ प्लेयरले ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने धरान बास्केटवल संघका अध्यक्ष एवं संघका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामाले बताए । 

rea.psd

व्याचलर लेवलका २३ वर्ष मुनिका खेलाडीहरुले सहभागिता हुन पाउने प्रतियोगितामा धरान, विराटनगर, विर्तामोड र इटहरीका कलेजका टिमले सहभागिता जनाएको आयोजकले जनाएको छ ।  सहभागी कलेजहरुमा पुरुष तर्फ डिपोट, महेन्द्र कलेज, धरान मेघा कलेज, केन्द्रिय प्रविधि क्याम्पस हातिसार, सियोन, सिटि कलेज, इटहरी, विर्तामोड, एम्स, सगरमाथा, विकेभिएम विराटनगर धरान आर्दश र विष्णु मेमोरियल रहेको छ । त्यस्तै, महिला टिमहरुमा डिपोट, धरान अर्दश, विष्णु, हातिmसार, सियोन र विराट नर्सिङ्ग होम रहेको छ । प्रदेश १ मा कलेज स्तरमा पहिलो पटक हुन लागेको प्रतियोगीताको मुख्य प्रायोजकको रुपमा वराह गु्रप रहेको छ ।

प्रकाश पौडेल थ्री पोइन्ट कम्पिटीसन र सम्मान 

प्रतियोगिताको समापनको दिनम फाइनल खेलअघि प्रकाश पौडेल थ्री पोइन्ट कम्पिटिसन समेत हुने आयोजकले जनाएको छ । नेपालको चर्चित गायक तथा पुर्व बास्केटवल खेलाडी समेत रहेको प्रकाश पौडेलको सहयोगमा थी्र पोइन्ट सुट कम्पिटिसन हुन लागेको हो । एक मिनटको समयमा जसले बढि थी्र पोइन्ट एरियाबाट बास्केट गर्छ, उही विजयी हुनेछ । महिला र पुरुषको छुट्टै प्रतिस्पर्धा हुने र विजेताले जनही नगद ३ हजार रुपैया, ट्रफि र मेडल प्राप्त गर्नेछ । 

समापनको दिन नै बास्केटवल खेल विकासमा योगदान पुर्याउनुहुने धरान १८ रत्न चौक निवासी स्वर्गीय कुलवहादुर सेनिहाङ्ग लिम्वुलाई सम्मान समेत गरिने भएको छ । सेनिहाङ्गलाई मरणोपरान्त सम्मान गर्न लागिएको हो । धरानको बास्केटवल खेल यहाँसम्म  आइपुग्न उनको योगदान रहेकोले सम्मान गर्न लागिएको आयोजक धरान वास्केटवल संघले जनाएको छ । तस्विरः संजय याक्खा