धरान: २१ औं गोधुली टुबोर्ग फुटबल रनिङ कपमा धरानको वडा नं १६ सेमिफाइनलमा प्रवेश गरेको छ । 

धरान १६ स्थित रंगशालामा शनिबार भएको खेलमा वडा नं १५ लाई ४–० को गोलअन्तरले हराउदै वडा नं १६ सेमिफाइनल प्रवेश गरेको हो । वडा १६ को लागि मन्दिप बस्नेत, लोकेन लिम्बू, शैलेन्द्र नेपाल र जमिन लिम्बूले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच १६ नं. वडाका मन्दिप बस्नेत घोषित भए । म्यान अफ द म्याच मन्दिप बस्नेतलाई माउण्ट एभरेष्ट ट्रेनिङ सेन्टरका सञ्चालक कुमार तामाङले नगद २ हजार पुरस्कार वितरण गरेका थिए ।  

godhuli1 6

प्रतियोगितामा आइतबार वडा नं. ८ र १९ बीच खेल हुने आयोजक गोधुली क्लबले जनाएको छ । चैत्र ७ गतेसम्म चल्ने प्रतियोगितामा धरान उपमहानगरपालिकाका १९ वटा वडा सहभागी छन् । प्रतियोगिताको विजेतालाई १ लाख र उपविजेतालाई ५० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।