धरान: यही चैत्र २ गतेदेखि काण्माण्डौमा हुन लागेको देशव्यपी अन्तरवडा टेवलटेनिस प्रतियोतिमा सहभागी हुने धरानका खेलाडीहरुलाई विदाई गरिएको छ ।

धरानको प्रतिनिधित्व गर्दै जान लागेका खेलाडीहरुलाई धरान टेवलटेनिस क्लव र धरान ९ न. वडा कार्यलयले संयुक्तरुपमा शनिवार विदाई गरेको हो । धरान ९ स्थित टेवलटेनिस हलमा एक कार्यक्रमको आयोजना गरि खेलाडिहरुको विदाइ गरिएको थियो । उनीहरुलाई ९ न. वडाका वडाध्यक्ष रत्न कटुवाल र टेवलटेनिस संघ सुनसरीका अध्यक्ष नविन श्रेष्ठले खदा र टिका लगाएर विदाइ गरेका थिए । 

20210313_170253.psd

धरानबाट सहभागी हुन जाने १० जना खेलाडीहरुको लागि सम्पुर्ण आर्थिक सहयोग धरान ९ नम्बर वडाले उपलव्ध गराएको प्रशिक्षक गीता मगरले जानकारी दिइन् । वडाको सानो सहयोगले पनि खेलाडीहरुमा प्रोत्साहन मिलेको उनको भनाई छ । सहभागी मध्ये चार जना धरान ९ न. वडाका मात्र रहेको समेत उनले जानकारी दिइन् । वडा नं ९ बाट गणेश तामाङ, दिवस कुवर, मनोज तामाङ र सिदार्थ तामाङ सहभागी छन् । यस्तै, अन्य वडाबाट महाविर चौधरी, नवराज राई, अनमोल विक, विवेक राई, अन्जली ठाकुर र सोनम ठाकुर रहेका छन् । उनीहरुले आइतवार धरानबाट काठमाण्डौं प्रस्थान गर्नेछन् ।

तस्विरः विकास चाम्लिङ राई