धरान: २१ औं गोधुली टुबोर्ग रनिङ फुटबल प्रतियोगितामा साविक विजेता धरान वडा नं १७ विजयी हुदै सेमीफाइनल प्रवेश गरेको छ ।

धरान १६ स्थित रंगशालामा सोमबार सम्पन्न क्वार्टरफाइनल खेलमा वडा नं १३ लाई २–१ गोलअन्तरले हराउदै वडा नं १७ सेमीफाइलन प्रवेश गरेको छ । खेलमा अग्रता भने वडा नं १३ ले लिएको थियो । पहिलो हाफमा वडा नं १३ का दोर्जे तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

तर, वडा नं १७ का खेलाडी मनोज राईले फ्रिकिकमा गोल गर्दे खेल बराबरी बनाए । दोस्रो हाफमा मिलन राईले वडा नं १७ को लागि दोस्रो तथा निर्णायक गोल गरेपछि साविक विजेताले अन्तिम चारमा स्थान सुरक्षित गर्यो । खेलको म्यान अफ दि म्याच वडा नं १७ का मनोज राई घोषित हुँदै नगद २ हजार पुरस्कार हात पारे । भोली मंगलबार अन्तिम क्वार्टरफाइनल खेल वडा नं १४ र वड नं १८ बीच हुने आयोजक गोधुली क्लबले जनाएको छ ।