धरान: लिला श्रेष्ठ सुब्बा स्मृति राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा मेन्स सिंगलतर्फ अमरलाल श्रेष्ठ र लेडिज सिंगलतर्फ दीक्षा दाहाल प्रथम भएका छन् ।

धरान १३ अमरहाटस्थित कभर्ड हलमा आयोजित प्रतियोगितामा मेन्स सिंगलतर्फ बोद्धित डिसी दोस्रो भए भने राजेश भट्टराई र महाविर चौधरी तेस्रो भए । यस्तै, लेडिज सिंगलतर्फ गीता भुजेल दोस्रो भइन् भने मारिया थापामगर र प्रकृति राना तेस्रो भईन् । मेन्स र लेडिज सिंगलतर्फ प्रथम हुनेले ट्रफी र मेडलसहित नगद २०/२० हजार रुपैयाँ पुरस्कार पाए भने दोश्रोले नगद १०/१० हजार, तेस्रो हुनेले नगद ५/५ हजार, ट्रफी र मेडल हात पारे । 

यसैगरि, अण्डर १९ ब्वाईजतर्फ बोद्धित डिसी प्रथम, हिमाल विष्ट दोस्रो, नम्साङ राई र सिद्धार्थ तामाङ तेस्रो भए । ग्रल्र्सतर्फ दीक्षा दाहाल प्रथम, मारिया थापामगर दोस्रो, अन्जली ठाकुर र समृद्धि लुइटेल तेस्रो भईन् । भेट्रान सिंगलतर्फ राजेश भण्डारी प्रथम, चन्दन शाही दोस्रो, विकेन थापा र राजन सुब्बा तेस्रो भए । जुनियर सिंगल, जुनियर गल्र्स र भेट्रान सिंगलतर्फ प्रथमले ट्रफी र मेडलसहित नगद १५/१५ हजार, दोश्रो हुनेले ट्रफि र मेडल सहित जनही ७ हजार ५ सय रुपैयाँ र तेश्रो हुने दुईजनाले ट्रफि र मेडल सहित ३५/३५ सय रुपैयाँ पाउन सफल भए । 

यस्तै अण्डर १५ ब्वाईज सिंगलमा समिर खत्रि प्रथम, सिद्धार्थ तामाङ दोस्रो, हिमाल विष्ट र विशाल मलिक तेस्रो भए भने गल्र्स सिंगलमा अन्जली ठाकुर प्रथम, प्रकृति राना दोस्रो, प्रयाश्का राई र सुलेखा ठाकुर तेस्रो भईन् । ब्वाईज सिंगल र गल्र्स सिंगल (१५ वर्ष मूनिका) प्रथमले ट्रफि र मेडलसहित नगद १०/१० हजार, दोश्रोले ट्रफि र मेडलसहित ५/५ हजार र तेश्रो हुने दुईजनाले ट्रफि र मेडलसहित २५/२५ सय रुपैयाँ पाए । प्रतियोगितामा काठमाडौं, वुटवल, मोरङ र सुनसरीका ७८ जना खेलाडीहरुले सहभागिता जनाएका थिए । धरान उपमहानगरपालिकाको आयोजना तथा खेलकुद समितीको संयोजनमा प्रतियोगिता चैत १० बाट सुरु भएको थियो ।