धरान: एलाइनेट जिम धरानको आयोजनामा आयोजित प्रथम नगर स्तरीय खुल्ला वेन्च प्रेस प्रतियोगितामा .धरान फिटनेस क्लवले वर्चस्व जमाएको छ ।

      उद्योग वाणिज्य संघ सुनसरीको हलमा शनिवार आयोजित वेन्च प्रेस प्रतियोगिताको ७० केजि तौल मुनिको तिन वटै उपाधि र ७० केजि तौलको उपाधिमा समेत धरान फिटनेस क्लवले कव्जा जमाएको हो । ७० केजि तौल मुनि डिएफसि क्लवका समिर झाले ९३ केजि तौल उठाएर उपाधि माथि कव्जा जमाएका थिए । 

त्यस्तै गरि ७० केजि तौलमा डिएफसी कै नरमान राईले एक सय १३ केजि तौल उचालेर उपाधि माथि कव्जा जमाएका हुन् । ७० केजि तौल मुनि सन्जोग वास्फोर दोस्रो र मनि तामाङ तेस्रो भए । ७० केजि तौल माथि दोस्रो र तेस्रो युनिक क्लवका निमेस शाक्य र शिशिर गिरी भए । दुवै तौल समुहका  विजेता तथा उपविजेताहरुले क्रमशः जनहि नगद २० हजार रुपैया, १० हजार रुपैया, ७ हजार ५ सय रुपैया, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन ।

उनीहरुलाई कार्यक्रमका सभाध्यक्ष तथा एलाइनेट जिमका अध्यक्ष विक्रम गुरुङ, प्रमुख अतिथी किरात याक्थुम चुम्लुङ हङकङका पुर्व अध्यक्ष त्रीभुवन लुम्फुवा, एन्फा प्रदेश १ अध्यक्ष किशोर राई, वराह गु्रप पव्लिक रिलेशन संयोजक सुरेन्द्र विश्वकर्मा, वडिविल्डिङ संघका केन्द्रिय उपाध्यक्ष रणवहादुर थेवे लगायतले पुरस्कार वितरण गरेका थिए । 

आयोजक एलाइनेट जिमको यो १८ औ प्रस्तुति रहेको एलाइनेटका अध्यक्ष विक्रम लिम्वुले जनाए । निरन्तर आयोजना गर्दै आइरहेको राष्ट्रिय वडिविल्डिङ प्रतियोगिता भने कोरोना भाइरसको महामारिको कारण यस पटक गर्न नसकिएको उनले वताए । कार्यक्रम आयोजनाको कार्यलाई निरन्तरता दिनको लागि भए पनि वेन्च प्रेस प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । 

प्रतियोगितामा राष्ट्रिय निर्णायक कविरभगत प्रधानाङ्ग, हरि नुनिया र एलाइनेट जिमका उपाध्यक्ष दिपक सिंघकले निर्णायकको भुमिका निभाएको थियो । धरान उपमहानगरपालिकाको संयोजन तथा वराह गु्रपको प्रायोजनमा आयोजित प्रतियोगितामा वडिविल्डिङ संघ सुनसरीको प्राविधिक सहयोग रहेको थियो ।