धरान: कोरोना संक्रमणबाट धरानका एक वृद्धको पनि मृत्यु भएको छ । 

आज दिउँसो करिब १ बजे धरान १२ का ७१ बर्षीय वृद्धको मृत्यु भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । मेहताका अनुसार मृतकलाई बैशाख २० गते पिसिआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आए पछि कोभिड अस्पताल भर्ना गरिएको थियो । मृतकलाई बेला बेला निमोनियाको समस्या हुने गरेको परिवारबाट जानकारी पाएको मेहताले बताए ।

पछिल्लो पटक हाइपो ग्लेसिरिया(रगतमा सुगरको मात्रा कमी) भएपछि उपचारको लागि प्रतिष्ठान लगिएको थियो । सोही क्रममा पिसिआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । मृतकको शवलाई स्वास्थ्य प्रोटोकल अपनाएर अत्येष्टी गर्ने तयारी भइरहेको छ । योसँगै कोरोना महामारीको दोस्रो लहर आएयता धरानमा संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ भने धरानमा कुल मृतकको संख्या ७९ पुगेको पनि मेहताले जानकारी दिए ।