इटहरी:  साउन १५ अर्थात खिर खाने दिनको अवसरमा आयोजित मैत्रीपुर्ण व्याडमिन्टन प्रतियोगितामा भारतीय सेनाका सुवेदार मेजर हनेरी क्याप्टेन पदम राई र पत्रकार धनबहादुर पुरीको टिम विजयी भएको छ ।

इटहरी १९ स्थित तरहरामा भएको प्रतियोगितामा नायव सुब्बा चन्द्र बस्नेत र पुर्व भारतीय सेनाका बिकास गुरुङलाई सोझो सेटमा हराउँदै राई र पुरीको टिम विजयी भएको हो । प्रतियोगितामा पुर्व भारतीय सेना याम राई र भारतीय सेनाका भूपू सुवेदार मेजर हनेरी क्याप्टेन दिलप्रसार राईको टिम तेस्रो भएका छन्। पुर्व भारतीय सेनाहरु जय बहादुर खड्का र भुमि राईको टिमले चौथो भएको छ ।

कोरियन टोल व्याडमिन्टन क्लबले प्रत्येक चाडपर्वमा मैत्रीपुर्ण प्रतियोगिता गर्दै आएको छ । शारीरिक व्यायम गरौ स्वास्थ्य बनौ भन्ने मुल नारासहित स्थानीय अगुवाहरुको आयोजनामा दैनिक व्याडमिन्टन खेल्ने गरेका छन्। आफ्नै टोलमा रमाईलोको लागि आयोजित प्रतियोगिता उत्कृष्ट भएको भारतीय भूपू सैनिक सुवेदार मेजर हनेरी क्याप्टेन दिलप्रसाद राईले बताए । विजयीहरुलाई पुरस्कार वितरण गर्दै उनले प्रतियोगितामा रमाईलो भएको बताए। पछिल्लो समय नेपालमा ब्याडमिन्टन खेलको क्रेज बढ्दै गएको छ। खेलसँगै स्वास्थ्यको लागि ब्याडमिन्टनमा युवाहरु आकर्षित भइरहेका छन् ।