धरानः धरान १४ स्थित केन्द्रिय प्रविधि क्याम्पसको सहायक क्याम्पस प्रमुखमा खाद्य प्राबिधिक तथा खाद्य बैज्ञानिक बबिता अधिकारी नियुक्त भएकी छिन् ।

त्रिभुवन विश्व बिध्यालय, केन्द्रिय प्रविधी क्याम्पसको कार्यकारी समितिको बैठकले अधिकारीलाई सहायक क्याम्पस प्रमुखमा नियुक्त गरेको हो । उनको कार्यकाल ४ बर्षको हुनेछ । यो क्याम्पसले पहिलो पटक महिला सहायक क्याम्पस प्रमुख पाएको हो । अधिकारीले २०४७ सालमा प्रबिणता प्रमाण पत्र अर्थात आइ.एस्सी.तह केन्द्रिय प्रविधी क्याम्पसबाट उतीर्ण गरेका थिइन् भने सोही क्याम्पसबाट २०५२ सालमा स्नातक (बि.टेक.) खाद्य प्रविधी उतिर्ण गरेकी थिइन् । उनी आफ्नो ब्याचको टपर समेत रहेकी थिइन। 

उनले २०५३ सालबाट आंशिक शिक्षकको रुपमा सोही क्याम्पसमा प्राध्यापन शुरु गरेकी हुन् । उनले केन्द्रिय खाद्य बिभागबाट २०५९ मा स्नातकोत्तर खाद्य प्राविधि गरेकी थिइन्। यस्तै, २०६१ सालमा त्रिवि सेवा आयोग उतिर्ण गरि उप प्राध्यापक र २०७६ सालमा सह(प्राध्यापक बनेकी हुन् । उनले हालसम्म ४ पटक नेदरल्यान्ड र एक पटक मलेसियामा गइ खाद्य सुरक्षा बिषयमा तालिम लिएकी छिन्। साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा एक दर्जन भन्दा बढी रिसर्च पब्लिकेसन्स प्रकाशन पनि भइसकेको छ । 

hatisar

अधिकारी धरान उपमहानगरपालिकाको बजार अनुगमन समितिको सदस्य समेत हुन् । आफुले लामो समय बिताएको क्याम्पसमा सहायक क्याम्पस प्रमुखको रुपमा सेवा गर्न पाउदा ज्यादै हर्षित भएको अधिकारीले प्रतिक्रिया दिइन् । 'मैले यो भन्दा अगाडि पनि यो अवसर प्राप्त गरेको थिएँ, तर मेरो परिवार प्रतिको केही जिम्मेवारीहरु बाँकी रहेकोले त्यो समयमा यो अवसरलाइ लिन सकिनँ। तर अहिले मैले सबै जिम्मेवारीहरुलाई पूरा गरिसकेकी छुँ, र प्रस्ट भएर म अहिले क्याम्पसको सेवामा आएको छु,' उनले भनिन्,' क्याम्पस एकेडमिक क्षेत्र भएकोले यहाँको शैक्षिक, अनुसन्धनात्मक बिकास र आय आर्जन मुलक क्षेत्रहरूमा क्याम्पसलार्ई अघि बढाउन प्रयास गर्नेछुँ ।' त्रिवि र स्वयतताको नियम भित्र रहि, क्याम्पसका अन्य जिम्मेवार ब्यक्तिहरुसंग छलफल गर्दै आंशिक शिक्षकहरुको समस्या समाधान गर्ने समेत उनले प्रतिबद्धता ब्यक्त गरिन् ।