धरान: संखुवासभामा विभत्स हत्या गरिएका एकै परिवारका ६ जनाको शवको पोष्टमार्टम शुरु गरिएको छ । 

वीपी कोइराला स्वास्थ्इ विज्ञान प्रतिष्ठन धरानको फोरेन्सिक विभागका चिकित्सकहरुले पोष्टमार्टम शुरु गरेका हुन् । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा एकै परिवारका ६ जनाको हत्या भएको थियो । उनीहरुको शव हिजो मंगलबार राती पोष्टमार्टमको लागि धरान ल्याइएको थियो । फोरेन्सिक विभागका एशोसिएट प्रोफेसर डा.विकास साहको टिमले पोष्टमार्टम गरिरहेको बताइएको छ । 

सोमबार बिहान ८४ वर्षीया पार्वता कार्की, ५८ वर्षीय छोरा तेजबहादुर कार्की, ५२ वर्षीया बुहारी कमला कार्की, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय पनाती दीपेन कार्की र ७ वर्षीया नातिनी गोमा कार्कीको विभत्सरुपमा हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । घरमा वृद्ध बौदमान कार्की मात्र सकुशल छन् । यो घटनाको अनुसन्धान गर्न सिआइबी, संघीय प्रहरी ईकाई कार्यालय धरान, प्रदेश प्रहरी र जिल्ला प्रहरीको टोली घटनास्थलमा रहेका छ ।