धरान: धरानको मुख्य बजार क्षेत्रमा अत्यधिक सवारीसाधनको चाप तथा भिडभाडलाई कम गर्न वान वे गर्ने तयारी गरिएको छ । 

धरान उपमहानगरपालिकाले असोज १ गतेदेखि धरान वडा नं १३ लक्ष्मी चोकदेखि धरान १२ भानुचोकसम्म वान वे सञ्चालन गर्ने तयारी गरेको हो । यसैको तयारी स्वरुप उपमहानगरपालिकाले एक सुचना जारी गर्दै उक्त सडक खण्डमा पर्ने लक्ष्मी चोकदेखि भौडी हुदै भानुचोकसम्म सडक छेउछाउमा झुण्डिएको तारहरु व्यवस्थापन गर्न निर्देशन दिएको छ । सडक छेउछाउमा झुण्डिएको तारहरुले सवारी आवागमनमा समस्या ल्याउने भएकोले भन्दै यथाशिघ्र व्यवस्थापन गर्न उपमहानगरले सुचना जारी गरेको छ । 

notice