धरान: सुनसरी जिल्ला ब्याडमिन्टन संघको छैटौ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । 

धरान १४ विजयपुरस्थित हुक्पा चोङ्वाङ रिसोर्टमा सम्पन्न भएको अधिवेशनले प्रतिक श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको हो । अध्यक्ष श्रेष्ठ विगत २५ बर्षदेखि ब्याडमिन्टन खेलमा सक्रिय छन् । अधिवेशनले उपाध्यक्षमा मणिराज गुरुङ, सुरेश नेयोङ र रामकाजी माबुहाङ चयन गरेको छ भने सचिवमा सुरेश कार्की, सहसचिवमा राजकुमार कर्माचार्य र कोषाध्यक्षमा सुरेन्द्र मादेन चयन गरेको छ । यस्तै, सदस्यहरुमा यङ्ला शेर्पा लामा र रबिन साउदेन पनि चयन गरेको छ । 

badminton1

कार्यसमिति १९ सदस्यीय रहनेछ । बाँकी १० सदस्यहरु भने कार्यसमितिले बैठक बसेर मनोनित गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए । शुक्रबार आयोजित कार्यक्रममा नेपाल ब्याडमिन्टन संघका प्रतिनिधिको रुपमा केन्द्रिय  उपाध्यक्ष चन्द्रशेखर लामा प्रमुख अतिथि रहेका थिए भने सुनसरी जिल्ला खेलकुद समितिका कार्यलय प्रमुख यादव काकार्की पनि उपस्थित रहेका थिए ।