विराटनगर: प्रदेश १ मा बालबालिका तथा महिलामाथि यौनजन्य घटनामा बृद्धि भएको पाईएको छ । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरले सार्वजनिक गरेको पछिल्लो ६ महिनाको स्थिति सूचकमा  बालबालिका तथा महिलामाथि यौनजन्य घटनामा बृद्धि भएको पाईएको हो । जनवरी देखि जुनसम्मको अवधिमा ३६६ जना पीडित भएका छन् । मानव अधिकारको अवस्था सार्वजनिकीकरण सहित मानव अधिकार र मानवीय अवस्था विषयक अन्र्तक्रियामा प्रस्तुत प्रतिवेदनमा महिलामाथि परिवारजनबाट हत्या, बलात्कारपछि हत्याका घटनामा बृद्धि भएको देखिएको इन्सेकका प्रलेख अधिकृत पुन्यप्रसाद अधिकारीले बताए । 

सन् २०२१ को जनवरी देखि मार्चसम्मको अवधिमा राज्य पक्षबाट ३८ र अन्य पक्षबाट १५१ गरि १८९ जना पीडित भएका छन् । अप्रिल देखि जुनसम्मको अवधिमा प्रदेश १ मा १७७ जना पीडित भएको प्रतिवेदनमा उल्लेख छ । इन्सेकको अभिलेखका आधारमा अप्रिल देखि जुनसम्मको अवधिमा बाल अधिकारका घटना मध्ये हत्या प्रयासमा एक बालक, एक बालिका, यौन दुव्र्यवहारका घटनामा २ बालक, १९ बालिका, बाल विवाहको घटनामा ४ बालिका र बलात्कारकाख घटनामा ५० बालिका गरि ७६ जना पीडित भएका छन् । 

Photo-(1)

महिला अधिकार अन्र्तगतका घरेलु हिंसामा २४, बहुविवाहका घटनामा १३, बलात्कारका घटनामा २७, बलात्कार प्रयासका घटनामा १० र यौन दुव्र्यवहारका घटनामा ३ जना गरि ७७ जना महिला पीडित भएको प्रलेख अधिकृत अधिकारीले बताए । जनवरीदेखि मार्च सम्मको अवधिमा बालबालिका विरुद्ध भएका हिंसाबाट बेचविखन तथा ओसारपसारमा २, बलात्कारका घटनामा ३४, यौनदुव्र्यवहारका १६, विद्यालयमा दिईने शारीरिक दण्ड सजायबाट र बालविवाहका घटनाबाट ५४ जना बालबालिका पीडित भएको इन्सेक प्रदेश १ का प्रलेख अधिकृत अधिकारीले बताए । 

उनका अनुसो सोही अवधिमा महिला विरुद्ध भएका हिंसाका घटनामा ७९ जना महिला पीडित भएका छन् । बलात्कारका घटनामा २८, बलात्कार प्रयासमा १३, यौन दुव्र्यवहारमा १, घरेलुहिंसाका २५, बेचविखन तथा ओसारपसारका ३  र बहुविवाहका ९ वटा घटना इन्सेकले अभिलेखीकरण गरेको जनाएको छ । प्रदेश १ का १४ वर्ट जिल्लाका इन्सेक प्रतिनिधिहरुबाट संकलन गरिएका घटनाहरुको आधारमा जनवरी देखि जुन सम्मको मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाहरुको तथ्यांक सहित स्थिति सूचक प्रकाशन गरिएको इन्सेक प्रदेश १ का प्रमुख सोमराज थापाले बताए । 

अन्र्तक्रियामा इन्सेक अध्यक्ष डा. इन्दिरा श्रेष्ठले इन्सेकले हरेक वर्षको फागुन ७ गते प्रकाशन गर्दै आएको बर्षपुस्तकमा समेट्ने घटनाहरुको अभिलेखिकरण थप सुझाव लिने उद्देश्यले अधिकारकर्मीवीच अन्र्तक्रिया कार्यक्रम गरिएको बताइन् । वर्षपुस्तक प्रकाशन गर्नुअघि गरिएका छलफलबाट आएका सुझावले पुस्तक थप परिपक्व बन्ने उनको भनाई थियो । प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश १ का कार्यकारी निर्देशक यज्ञ शर्माले नेपालको मानव अधिकारको अवस्था थाहा पाउन बर्ष पुस्तक हेरेपुग्ने बताए ।