धरान: धरानमा एक लाख ११ हजार १ सय ११ रुपैया नगद पुरस्कार रहेको फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । 

धरान ११ नवकला चौकमा रहेको मितेरी फुटसल र सिंगापुर लिफ टिमको संयुक्त आयोजनामा च्यारिटेवल सिंगापुर मितेरी फुटसल प्रतियोगिता हुने भएको हो। प्रतियोगिता यही असोज १० गतेदेखि १२ गतेसम्म हुनेछ । आयोजक मितेरी फुटसल र सिंगापुर लिफ टिमले बुधवार धरान १८ बुद्धचोकस्थित एमसी क्याफेमा पत्रकार सम्मेलन गरि प्रतियोगिताबारे जानकारी दिएको हो । मितेरी फुटसलले यसअघि पनि विभिन्न च्यारिटेवल प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ । यस पटकदेखि भने वृहत कार्यक्रमको आयोजना सुरुवात गरिएको मितेरी फुटसलका संचालक एवं अध्यक्ष लुकेन्द्र राईले जानकारी दिए ।

     प्रतियोगिताको विजेताले १ लाख ११ हजर १ सय ११ रुपैय नगद पउनेछ भने उपविजेतले ५५ हजार ५ सय ५५ रुपैया, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । यस्तै, उत्कृष्ट खेलाडी, गोलकिपर र हाइ स्कोररले जनही नगद २ हजार ५ सय रुपैया, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा धरान, इटहरी , काठमाण्डौ, पोखरा, चितवन, मोरङ्ग, झापा, धनकुटा, लगायत वाट करिव ३० टिमले सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताबाट उठेको रकमले धरान १३ नं वडामा रहेको पेट्रोल पम्पदेखि भेडेटार सम्मको ट्रनिङ्गहरुमा र धरान उपमहानगर भित्रका जोखिमयुक्त ट्रनिङ्ग तथा चौकहरु गरि ५० स्थानमा  ट्राफिक मिरर (कन्भेक्स मिरर) लगाइनेछ भने धरानका पत्रकारहरुको पहलमा १७ न. वडाध्यक्ष मनोज भट्टराईको संयोजनमा धरान १७ विजुवा मार्ग स्थित एकल महिला जानुका विकको घर निर्माणमा सहयोग गरिने आयोजकले जानकारी दिएको छ । 

20210922_093210.psdjhj

आयोजक मितेरी फुटसल २०७५ सालमा स्थापना भएको हो । फुटसल संगै इन्डोर व्याडमिन्टन हल, जिम हल रहेको छ भने क्याफे र स्विमिङ्गपुल वन्ने क्रममा रहेको छ । धरान उपमहानगरको खेलकुद विकासमा टेवा पुग्ने गरि मितेरी फुटसलको यस संगै अन्य धेरै खेलकुद अन्तर्गत व्यवसायीक योजनाहरु समेत रहेको संचालक राईले बताए । त्यस्तै गरि अर्का आयोजक सिंगापुर पुलिस लिफ टिम सिंगापुर वाट छुट्टिमा नेपाल आएका धरानका सिंगापुर पुलिस टिम हो । छुट्टिमा आएका समुहले सामाजिक उत्तरदायित्व पनि निर्वाह गरेको हुने भएकोले छुट्टिमा आएको वेला च्यारिटेवल प्रतियोगितको आयोजनामा सहकार्य गरेको सिंगापुर लिफ टिम सदस्य विपिन लिम्वुले जनाए । 

प्रतियोगितामा आयोजनक मितेरी फुटसलको २ टिम र सिंगापुर लिफको २ टिमको सहभागिता रहनेछ । प्रतियोगिता प्रचार प्रसारको लागि पत्रकार सम्मेलन पहिलो कार्यक्रम रहेको र प्रचारको दोस्रो कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरी टिम र पुर्व सिंगापुर पुलिस टिम विच आसोज ८ गते मैत्रिपुर्ण फुटसल खेलिने आयोजकले जनाए । अनुमानित १५ लाख रुपैयाको वजेट रहेको प्रतियोगिताको असोज ९ गते विहान खेल तालिका तयार गरिने र १० गते विहान ८ वजे देखि औपचारिक कार्यक्रम सहित प्रतियोगिता उद्घाटन हुनेछ ।