धरान: गए राती धरानको वडा नं १७ स्थित रेल्वे चोकमा भएको आगलागीमा अन्दाजी १० लाख क्षति भएको प्रहरीले जनाएको छ । 

गए राती करिब साव ८ बजेतिर रेल्वे चोकस्थित २ वटा मोवाइल तथा ल्यापटप मर्मत तथा बिक्री गर्ने पसलमा आगलागीले क्षति पुगेको हो । ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार शम्भु श्रेष्ठको पसलबट आगलागी शुरु भएको थियो । उनको पसलबाट शुरु भएको आगोले रेवत राईको पसलमा पनि क्षति पुगेको हो । प्रहरी निरीक्षक ओलीका अनुसार दुवै पसलमा गरि १० लाख बढीको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । 

आगलागीको कारण इलेक्ट्रिक सर्ट भएर हुनसक्ने अनुमान गरिएको छ । राती करिब सवा ८ बजेतिर आगलागी भएको थियो । बन्द कोठाभित्रबाट धुँवा आउन थालेपछि तत्कालै स्थानीयले ताला तोडेर आगो नियन्त्रणमा जुटेका थिए । स्थानीयबासीको प्रयासमा आगो चाडै नियन्त्रणमा आएकोले अन्य ठुलो क्षति हुन पाएन । आगो नियन्त्रण भइसकेपछि दमकल पुगेको थियो ।