धरान: हिमालय मेघा कलेजद्वारा आयोजित मैत्रीपुर्ण फुटसल प्रतियोगितामा नेपाल पत्रकार महासंघ, सुनसरी बिजयी भएको छ । 

शनिवार भएको फाइनल खेलमा महासंघले एनप्याब्सनका शिक्षक टिमलाइ १२-१० गोल अन्तरले पराजित गर्दै मैत्रीपुर्ण फुटसलको उपाधी हात पारेको हो । बिजेता टोलीले नगद ५ हजार रुपैयासहित ट्रफी पनि हात पारेको छ भने उपबिजेता एनप्याब्सनले नगद ३ हजार रुपैया पुरस्कार स्वरुप पाएको छ । 

मैत्रीपुर्ण प्रतिायोगितामा ३ टिम सहभागी भएको थियो । एनप्याब्सनले हिमालय मेघा टिमलाई १३-४ गोल अन्तरले हराउदै फाइनल प्रवेश गरेको थियो भने पत्रकार महासंघ टिम वाइ पाएर सिधै फाइनल खेलेको थियो । फाइनल खेलमा पत्रकार महासंघको टिमका खेलाडी धिरेन लिम्बुले सर्वाधिक ६ गोल गरेका थिए।

futsul

धरान १२ स्थित हिमालयन मेघा कलेजले दशै, तिहार एवं छठ पर्वको अवसरमा मैत्रीपुर्ण फुटसल प्रतियोगितासहित शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको थियो । कलेजका अध्यक्ष कैलाश आङ्देम्बेको अध्यक्षतामा आयोजित प्रतियोगितामा नेपाल पत्रकार महासंघ, सुनसरी अध्यक्ष जनकऋषि राई, एनप्याब्सन धरान नगर अध्यक्ष भगत सुब्बा, नगर कोषाध्यक्ष बसन्त राई, १ नम्बर प्रदेश सदस्य सागर खड्का र १ नम्बर प्रदेश सदस्य प्रवास राजवंशीको उपस्थिति रहेको थियो । 

विषेश गरेर एनप्याब्सन शिक्षासँग प्रत्यक्ष जोडिएको संस्था भएको साथै धरानको शिक्षालाई सञ्चारमाध्यमबाट शैक्षिक क्षेत्रमा योगदान पुर्याउन सदा शैक्षिक सँस्थाको साथमा रहने पत्रकार महासंघसँगको मैत्रीभाव बढाउने उद्देश्यले यो मैत्रिपुर्ण खेलको आयोजना गरिएको अध्यक्ष आङ्द्म्बेले बताए । मैत्रीपुर्ण खेलपछि हिमालयन मेघा कलेजको हाता भित्र रहेको सभाहलमा दशै, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान गरि कार्यक्रम समापन गरिएको थियो ।