धरान: धरानका विजय सिंह तामाङ साउथ अष्ट्रेलियाको म्यान फिजिक्स २०२१ मा च्याम्पियन भएका छन् ।

विगत ११ बर्षदेखि जिम गरिरहेका उनी अष्ट्रेलियाको एडिलेड स्टेटको च्याम्पियन बनेका हुन् । उनी अष्ट्रेलियामा काम पनि गर्दै प्रतियोगिताको तयारी गरेका थिए । करिब ३३ बर्षअघि भोजपुरमा जन्मिएका तामाङ धरानमा हुर्किए । उनले धरान १२ स्थित पब्लिक हाई स्कुलबाट एसएलसी र प्लस टु उत्तीर्ण गरेका छन् । हाल उनी धरान १४ विजयपुरका बासिन्दा हुन् । सरिना तामाङसँग विवाह गरेका उनको एक छोरा पनि छ ।

bijay1

उनलाई म्यान फिजिक्समा वल्र्ड च्याम्पियन बनिसकेका सुजन सिल्पकारले विशेष ट्रेनिङ दिएका थिए । म्यान फिजिक्स २०२१ प्रतियोगिता यही अक्टोबोर ३ तारिखमा भएको थियो । तामाङ धरानमा रहदा नै २०७३ सालमा मिस्टर कोशीमा पनि प्रतिस्पर्धा गरेका थिए । त्यसबेला उनी आफ्नो तौल समुह ७०ं केजीमा द्वितिय बनेका थिए । अष्ट्रेलिया जानुअघि उनी धरानमा रहेको माउण्ट एभरेष्ट ट्रेनिङ सेन्टरमा ट्रेनर रहेका थिए ।